बुधबार २४ जेठ २०८०

धादिङ, २६ जेठ । धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठ आँखुखोलामा डुब्दा बेपत्ता भएका छन् । बुधबार बिहान ८ बजेतिर साथीहरुसँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका श्रेष्ठ बेपत्ता भएका हुन् ।

नीलकण्ठ नगरपालिका ३ का २६ वर्षिय सुमन श्रेष्ठ धादिङको धादिङ समाज धादिङबाट बागमती प्रदेश एन्फा लिग खेलेका खेलाडी हुन् । उनी बेपत्ता भएपछि खोजी कार्य तीव्र पारिएको छ ।

यस्तै धादिङको त्रिशुली नदी गजुरी खण्डमा १ जना र बुढीगण्डकी ज्वालामुखी खण्डमा ३ जना गरी ४ जना मंगलबार एकैदिन वेपत्ता भएका छन् ।

त्रिशुली नदी गजुरी खण्डमा ब्यारेक पछाडी सवा ४ बजे माछामार्न गएका १ जना र बुढी गण्डकी ज्वालामुखी खण्ड जोगिटार पशुपति थानमा नुहाउन गएका ३ जना पौने ४ बजे वेपत्ता भएका हुन् ।

सिद्धलेक ६ बस्ने २८ वर्षिय राम ब बिसंखे त्रिशुली नदीमा जाल हान्ने क्रममा बेपत्ता भएका हुन् । नेपाली सेना प्रहरीले राती सम्म खोजतलास गरेका थिए तर फेला नपरेको प्रहरीले जनाएको छ ।

यस्तै बुढी गण्डकीमा वेपत्ता भएका ज्वालामुखि २ का २२ वर्षिय सुबास नेपाली २० वर्षिय दिनेश नेपाली र १८ वर्षिय सन्तोष नेपाली पनि फेला परेका छैनन् । यी सबैको मंगलबार अवेर सम्म खोजी कार्य हुँदा समेत फेला नपरेपछि पुन: आज बिहानैबाट स्थानीयहरुको समेत सक्रियतामा खोजविन सुरु भएको प्रहरीले जानकारी दिएको छ। नुवाकोट एक्सप्रेस बाट


Last Updated on: June 10th, 2021 at 11:34 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया