
काठमाण्डौ
यी बुढि आमाको उमेर भैसक्यो ८० तर दुखले झनझन घेरेको घेरै नै छ ।गुल्मि जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडागाउमा आमासहित छोरा रहन्छन् ।आमाका ४ सन्तान हुन् ती चार मध्ये २ छोरिको राम्रै घरबार भयो तर एक छोरिको घरबार बिग्रिएर माइतै बसिआएकि छिन् ।
अनि बाकि रहेको एउटा छोरो ,त्यो छोरो आफ्ना बृद्ध आमालाई खुसि राख्छु भन्दै पैसा कमाउने आशा बोकेर कलिलै १७-१८ बर्षको उमेरमा भारत लाग्छन् ।भारतमा कमाइ राम्रै हुन्छ पैसा कमाउछन् घर पठाउछन् अनि दुइपटक घर समेत आउछन् र घरको खरको छानो परिवर्तन गरेर टिनको छानो लगाउछन् तर तेस्रो पटक उनी घर आउदा मानसिक सन्तुलन गुमाएर अर्थात पा`गल भएर घर आइपुग्छन् ।
८० बर्षिय बृद्ध आमा आफ्नो छोरोको कमाई खाएर र छोरोको सहारा भएर बस्नुपर्नेमा उल्टै छोरोलाई स्याहार गरेर बस्नुपरेको छ ।अरुको घरमा घाँस ल्याइदिएर भाडा माझेर आफ्ना छोराछोरी पाल्नुपर्ने आमालाई बाध्यात्मक अवस्थाबाट गुज्रिनपरेको छ ।आजको यश शृङ्खलामा तिनै आमाको बेदना भिडियो मार्फत पेश गर्दछौ ।