बुधबार १० आश्विन २०८०

१०० बर्षिय बृद्ध हजुरआमा जस्को श्रिमान बित्दा समेत समाजले उठाउन आएन् ।आफ्नो घर जादा गु खान आइस् भन्छन् ,आफन्त भन्ने कोहि पनि छैनन् ।उहाँ बृद्ध हजुरआमाको बुढेसकालमा एकदमै धेरै बिचल्ली ।उमेरले गलाएको यो परिपेक्षमा समेत आमा सबै काम गर्न बाध्य हुनुहुन्छ ।

खरले छाएको झुपडि अनि झुपडि भित्र सय बर्षिय बृद्ध आमा नितान्त एक्लै बस्नुहुन्छ ।उमेरको हिसाबले पनि एउटा युग नै परिवर्तन गरिसक्नुभएकि आमालाई यस्तो अवस्थामा सहाराको एकदमै आवश्यक पर्छ तर कोहि नहुदाको पीडा आमालाई भन्दा बढि कस्लाई नै थाहा होला र।

आमाको आफन्त भन्ने कोहि पनि छैन् ।आमा भन्नुहुन्छ कि बिरामि हुदासमेत पानी खान दिने समेत कोहि छैन् ।धेरै रातहरु अभावमा बेथित गर्दै भोकभोकै पनि सुतेको कुरा आमा भक्कानिदै बताउनुहुन्छ ।भोकको पीडा एकातिर आफ्नो श्रिमान बित्दा गुहार माग्दै गर्दा कोहि पनि छिमेकि नआउनुले आफुलाई रुन बाध्य बनाउने गरेको आमा बताउनुहुन्छ।


Last Updated on: June 10th, 2021 at 11:39 am
४४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया