शनिबार २३ मंसिर २०८०

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ। घना बस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा अरु ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको हो । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ । दुर्घटना हुँदाको समय यस भवनमा तीन परिवार बसेको थियो । यसमा केही बच्चा पनि समावेश छन् । घटना स्थलमा पुग्न सानो बाटोका कारण एम्बुलेन्स, दमकल र जेसीभीलाई पनि घटनास्थल पुग्न समस्या भएको थियो ।

ठूलो आवासीय भवन भत्किँदा आसपासका ३ वटा घर पनि च्यापिएर भत्किएका छन्। मुम्बई र आसपासका इलाकामा बुधबार लगभग दिनभर पानी परेको थियो । जसकारण धेरै इलाकाहरु डुबानमा परे । मौसम विज्ञान विभागले आज पनि घनघोर वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ ।

मुम्बईमा जारी मनसुनी वर्षाका कारण घर भत्किएको हुन सक्ने अनुमान गरिएको छ। बृहनमुम्बई कर्पोरेसनले एउटा घर भत्किएपछि त्यसको आसपासमा रहेका अन्य ठूला आवासीय घरहरुलाई खाली बनाइएको छ। घटनास्थलका केहि तस्विर तल हेर्नुहोस :


Last Updated on: June 10th, 2021 at 11:42 am
३८० पटक हेरिएको

तपाईको प्रतिक्रिया