सोमबार २३ साउन २०७९

काठमाडौं । बंगलादेशमा रेलको ठक्करबाट ११ जनाको मृत्यु भएको छ । जबकि ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा विद्यार्थी र शिक्षक रहेका छन् । यी सबै माइक्रोबसबाट झरना हेरेर फर्किरहेका थिए ।

घटना चट्टोग्रामको मिरसराय उपजिल्लाको हो। घटनाको समयमा रेलवे क्रसिङको गेट खुला थियो, त्यसैले चालकले रेललाई ध्यान दिएनन्। दुर्घटना पछि, ट्रेनले बसलाई एक किलोमिटर टाढासम्म घिसार्यो ।

मृत्यु हुने ९ यात्रुको सनाखत भइसकेको प्रहरीले जनाएको छ । मृत्यु हुने सबै हथहजारी उपजिल्लाको अमन बजार क्षेत्रमा रहेको ‘आर एन्ड जे प्लस’ नामक कोचिङ सेन्टरका विद्यार्थी र शिक्षक थिए । मृत्यु हुनेमा चार शिक्षक जिसान, साजिब, रकिब र रेडवान रहेका छन् । बाँकी ५ जनाको पहिचान हिशाम, आयत, मारुफ, तस्फिर र हसन विद्यार्थी रहेको छ ।

उनीहरु सबै एसएससी र एचएससीको तयारी गरिरहेका थिए । घाइते हुनेमा माइक्रोबसका सहचालक तौकिद इब्न शान, कक्षा ११ का विद्यार्थी मोहम्मद माहिम, तनवीर हसन हृदोय, मोहम्मद इमोन र एसएससी परीक्षार्थी तस्मिर पाबेल र मोहम्मद साइकोट रहेका छन् ।

दिउँसो करिब १२:४५ बजे दुर्घटना भएको हथजरी उपजिल्ला निर्वाही अधिकृत शहिदुल आलमले जानकारी दिए । माइक्रोबस रेलवे क्रसिङबाट गुज्रिरहेको अवस्थामा चट्टोग्राम जाँदै गरेको प्रभाती एक्सप्रेस रेल अगाडिबाट आएको हो । घटनामा बसलाई रेलले ठक्कर दिएको थियो ।

माइक्रोबसमा सवार विद्यार्थी र शिक्षक मिरसरायको खयाछरा झरनाबाट फर्कदै गरेको बताइएको छ । यसअघि दिउँसो रेलवे अधिकारीहरूले घटनाको छानबिन गर्न रेलवेका डिभिजनल ट्रान्सपोर्ट अफिसर (पूर्वी क्षेत्र) अन्सार अलीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए। रेलवे (पूर्वी क्षेत्र)का महाप्रबन्धक जहांगीर हुसेनले घटनाको पुष्टि गरेका छन् । समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको उनले बताए ।

समितिमा अन्य चार सदस्यमा डिभिजनल कार्यकारी इन्जिनियर–१ अब्दुल हमिद, डिभिजनल मेकानिकल इन्जिनियर जाहिद हसन, रेलवे सुरक्षा बलका कमाण्डेन्ट रेजानुर रहमान र डिभिजनल मेडिकल अफिसर अनवर हुसेन रहेका छन् ।

रेलवे गेटम्यान सद्दाम हुसेनलाई शुक्रबार साँझ करिब ६ बजे रेलवे प्रहरीले पक्राउ गरेको मिरसराय रेलवे प्रहरी चौकीका प्रमुख ओसी नाजिम उद्दीनले जानकारी दिए । मिरसराई दमकलले घटनास्थलमा गएर शवलाई नियन्त्रणमा लिएको थियो ।

माइक्रोबसमा सवार अन्य तीन जना यात्रुको उद्धार गरिएको छ । उनलाई चट्टोग्राम मेडिकल कलेज अस्पताल पठाइएको छ । खयाछरा झरना देखेर फर्कने क्रममा ढाकातर्फ जाँदै गरेको प्रोभाती एक्सप्रेसले माइक्रोबसलाई ठक्कर दिँदा उनीहरुलाई करिब एक किलोमिटरसम्म तानेको प्रत्यक्षदर्शीले बताए ।

बुटवल ज्योतीनगरका किरण ज्ञवाली वर्षा भयो कि राति निदाउँदैनन् । ठूलो वर्षा हुनासाथ घर नै छाडेर अन्यत्र बास बस्नुपर्ने उनको बाध्यता छ । गतवर्षको ठूलो पहिरोले धेरै घरहरु पुरिएपछि उनको परिवारले पनि करिव एक महिना बसाई छाडेको थियो । त्यसयता आकाश गर्जिन थाल्यो कि उनी रातभर जाग्राम बस्छन् ।

उनीमात्र होइन, ज्योतीनगरबासी वर्षायामका बेला रातभर जाग्राम बस्न थालेको करिव एक वर्ष भयो । उनीहरुलाई पहिरो जाने भन्दा पनि नियन्त्रण नभएकोमा चिन्ता छ । “पोहोर साल पहिरो जाँदा अवलोकन गरी ज्योतीनगरबासीको सहानुभूति बटुलेका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे चुनाव जितेपछि भने फर्केर आएका छैनन्”–ज्ञवालीले दुःखेसो पोखे ।

पहिरो प्रभावितहरुले पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गर्दै आएका छन् । चुरेबाट खसेको पहिरोले गतवर्षको भदौ १३ र १४ गते ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अव दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण थाल्न माग गरेपति त्यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले ठोस योजना बनाएका छैनन् ।

२०५५ साल भदौ २० गते सोही क्षेत्रमा गएको पहिरोले ६० घर पुरिएका थिए । त्यसपछि विस्थापित भएका परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो । तर अव राहत र क्षतिपूर्ति भन्दा पनि तत्काल ठोस योजना बनाएर पहिरो नियन्त्रणको काम थाल्न स्थानीयबासीले तीनै तहका सरकारलाई दवाव दिन थालेका छन् ।

अव संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले पहिरो नियन्त्रणका लागि काम थाल्नुपर्ने चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउँछन् । तार जाली बिछ्याएर मात्र पहिरो नियन्त्रण हुन नसक्ने भएकाले विज्ञहरुको अध्ययनका आधारमा दीर्घकालीन नियन्त्रणको प्रयास गर्नुपर्ने उनको भनाई छ ।

भुकम्प र चुरे क्षेत्रमा खनेको सडकका कारण थप ठूलो पहिरो जान सक्ने भएका कारण बेलैमा सचेतना अपनाउनुपर्ने उनले बताए । “अव अहिल्यैबाट नै नियन्त्रणको काम भएन भने अर्को वर्ष झन् ठूलो पहिरो जान सक्ने जोखिम कायमै छ, बरु हामीलाई राहत चाहिंदैन, पहिरो नियन्त्रण भए मात्रै पुग्छ”–उनले भने ।

पहिरोका कारण बिस्थापित भई भाडामा बस्न पुगेका स्थानीयलाई बुटवल उपमहानगरपालिकाले भाडा तिरिदिने निर्णय गरेको थियो । राहत स्वरुप जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रति परिवार १५ हजार रुपैयाँ दिएको पहिरोबाट बिस्थापित सीता मल्ल बताउँछिन् । कतिपयले सो क्षेत्रको बस्ती स्थानान्तरणको माग समेत गरेका छन् । २०५५ सालमा गएको पहिरोका कारण ५७ घरलाई स्थानान्तरण गरिएको थियो । त्यतिबेला प्रत्येक परिवारलाई बुटवल तामनगरमा १०–१० धुरका दरले सरकारले जग्गा उपलव्ध गराएको थियो । तर स्थानीयले पहिरो गएको क्षेत्रको जग्गा बिक्री गरे र सरकारले दिएको जग्गामा घर बनाएर बसे ।

नयाँ किनेकाहरुले फेरि ज्योतीनगर क्षेत्रमा ठूला ठूला महल बनाए । अहिले उनीहरु छोड्न मान्दैनन् । चुरे–तिनाउ संरक्षण समितिका संयोजक गौतम भन्छन्–“अव बस्ती स्थानान्तरण गर्न सम्भव देखिंदैन, जसरी हुन्छ पहिरो नियन्त्रण नै गर्नुपर्छ ।” संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु.दुई करोड ३० लाख र बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु.एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिए पनि पहिराको खतरा टरेको छैन ।

ज्योतीनगर क्षेत्रमा पहिरो गएपछि विज्ञ टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन समेत बुझाइसकेको छ । भुगर्भविद डा. रञ्जन दाहालसहितको टोलीले गरेको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा चुरेमा पानीका मूलहरु प्रयाप्त रहेको, तिनको व्यवस्थापन नभएको र वर्षातमा परेको पानीको समेत व्यवस्थापन नभएकाले पहिरो गएको उल्लेख गरिएको छ । अध्ययन टोलीले पनि परम्परागत तारजालीको प्रयोगले मात्र पहिरो नियन्त्रण नहुने औंल्याएको छ ।

अहिले पनि पानी पर्नेबित्तिकै उपमहानगरको– वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदोसहितको माटो र पानी बग्न थाल्दा यहाँका बासिन्दा घर छोडेर हिँड्न बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी दायाँबायाँका बासिन्दा पनि चुरे क्षेत्रबाट पहिरो जान थालेपछि अतालिन्छन् । वडा नं ३ का केशवराज पन्थीका अनुसार चुरे पहिरोको जोखिमका कारण यो क्षेत्रका बासिन्दाले अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्नेबित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उनको भनाइ छ ।

विज्ञ टोलीले दिएको सुझावका आधारमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयका सूचना अधिकारी निर्मल थापा बताउँछन् । “हामीले गत आर्थिक वर्षमा दुई करोड ३५ लाख खर्चेर काम गरेका छौँ तर प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लागेन”–उनले भने ।

बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनालले पहिरो नियन्त्रणका लागि यो वर्ष गृह मन्त्रालयले ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने बताए ।


Last Updated on: July 30th, 2022 at 2:16 pm
८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया