बिहिबार ११ आश्विन २०८०

भक्तपुरमा आज यस्ता ब्याक्तिको मृत्यु भयो जस्ले धेरैलाई स्तब्ध बनायो
June 9, 2021 142
86
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने रु’’ महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आजबाट पराजित भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यु इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय महर्जनको आज नि’धन भएको हो ।
काठमाडौं । नेपालमा भाइरसका तीन हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित छ लाख १५ हजार ६५२ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा पछिल्लो चौबीस घण्टामा प्रति एक सय नमूनाको परीक्षण गर्दा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ८९५ को रिपोर्ट पोजेटिभ आएको छ ।बुधबार चौबीस घण्टामा पाँच हजार ७६८ जना मुक्त भएका छन् । हालसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित मुक्त भएका छन् ।

निको हुने दर ८५.२ प्रतिशत पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । नेपालमा हालसम्म सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

यस्तै सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषेधाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउनेगरी परिमार्जन गरिने जानकारी दिएका छन् ।

‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने । गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् ।

गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । वर्षयाम सुरु भएपछि कृषि कार्यलाई समेत खुला गर्न सरकारले निषेधाज्ञा ‘मोडालिटी’मा परिवर्तन गर्न लागेको हो । तर, विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् ।

यसैगरी, सामूहिक उपस्थिति हुने तथा बढी भीडभाड हुने विवाह, व्रतबन्ध, सभा, गोष्ठी गर्न अझै केही समय रोक लगाइनेछ । सार्वजनिक यातायातलाई केही समय बन्द नै गर्ने सरकारको योजना छ । तर, अवस्था हेरेर निजी सवारी साधन भने केही समयपछि जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने सरकारको तयारी छ


Last Updated on: June 10th, 2021 at 11:48 am
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया