बुधबार १० आश्विन २०८०

काठमाण्डाै – बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ ।

प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै ख तर नाक मानिएको छ । बेलायतमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि विश्वभर महामारीको चिन्ता बढेको छ। बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको स्वरुप कस्तो हो? यसले गर्ने असर कस्तो छ? लगायतका विषयमा कोरोना भाइरस संक्रमण देखिएपछि सुरुवातबाट यसमा काम गरिरहेका जनस्वास्थ्य विशेषज्ञ प्राडा पदम सिंखडासँग स्वास्थ्यखबरकी कल्पना पौडेलले जिज्ञासा राखेकी छिन्। प्रा डा सिंखडाकाे भनाइ जस्ताकाे तस्तै:

भाइरसको नेचर नै कस्तो हुन्छ भने, यसले आफ्नो रुप फेर्छ। रुप फेर्दा धेरैजसो डिएनए र आरएनए ग्रुपको भाइरस हुन्छ। कोभिडको भाइरस चाहिँ आरएनए ग्रुपको भाइरस हो। आरएनए गु्रपको भाइरस धेरै म्युटेट (रुप परिवर्तन) हुन्छ। जस्तो हामीले जाडोमा एकथरी लुगा लगाउँछौं, गर्मीमा अर्को लुगा लगाउँछौं भनेझैँ यो भाइरसको अन्त्य सामान्य प्रक्रिया हो।

कोभिड आएको लामो समयसम्म पनि भाइरस किन म्युटेट भएन भनेर मानिसहरुले कुरा पनि गर्ने गरेका थिए। पछि भाइरस म्युटेट भएको थाहा भयो। रुप परिवर्तन गरिसकेपछि भाइरसको नयाँ प्रजाति बन्छ। नयाँ प्रजाति बनिसकेपछि मेडिकल र पब्लिक हेल्थको दृष्टिकोणबाट मुख्यगरी तीन कुरा विश्लेषण गरिन्छ। भाइरस नयाँ वातावरणमा घुलमिल हुन आफैंमा क्लेभर हुन्छ। भाइरसले त्यहाँको वातावरणमा त्यहाँको तापक्रम अनुसार, समय अनुसार, मेडिकेसन अनुसार भाइरसले आफूलाई परिवर्तन गर्छ।


Last Updated on: June 10th, 2021 at 11:51 am
३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया