मंगलबार १२ मंसिर २०८०

डेढ लाख रुपैयाँ खर्च गरेर ३०० किलो तौलको विश्वकै ठूलो ताला किन बनाइयो ?
समाचार

काठमाडौं

एउटा तालाको तौल ३ सय किलो र यसलाई बनाउने खर्च डेढ लाख रुपैयाँ । धति धेरै मेहनत र पैसा खर्च गरेर यो विशाल ताला किन बनाइयो होला ? करिब ७० प्रतिशत

काम सकिएको यो तालाको बारेमा सुन्नेहरु छक्क पर्छन् । भारतको अलीगढको ज्वालापुरीमा यो ताला बनेर तयार भइसकेको भए पनि यसलाई अझै सुन्दर लुक

दिनको लागि केही परिवर्तन गरिँदैछ । परिवर्तनपछि यसको तौल ३५० किलोसम्म पुग्ने अनुमान गरिएको छ । यो ताला विश्वकै सबैभन्दा ठूलो ताला हुने दावी

गरिएको छ । अलीगढका ताला कालीगढ सत्यप्रकाश शर्मा र उनकी पत्नी रुक्मणी शर्माले मिलेर यो विशाल ताला तयार गरेका हुन् । यसलाई बनाउन सत्यप्रकाशका

साला शिवराज शर्मा र उनका छोराछोरीले पनि सहयोग गरेका छन् । शहरको रामसन्स लक्सका राजीव कुमारको अर्डरमा यो विशाल ताला तयार गरिएको हो । ६ फिट २

इन्च लामो र २ फिट साढे ९ इन्च फराकिलो यो ताला बनाउन ६५ किलोभन्दा धेरै पितल प्रयोग गरिएको छ । सत्यप्रकाशका अनुसार ताला बनेर तयार भइसकेको छ

तर यसलाई अझै राम्रो आकार दिन यसका कडा बदल्ने निर्णय गरिएको छ । कडा बदलेपछि यसको तौल ३५० किलो पुग्नेछ । रामसन्स लक्सका राजीव कुमारका अनुसार ७०

प्रतिशत काम भइसकेको छ । तालानगरी भनिने अलीगढका मानिसहरुले यसलाई देखेर गर्व महसुस गर्नेछन् । ताला तयार भएपछि यसलाई भव्य रुपले सार्वजनिक गरिने

उनले बताए । यो विशाल ताला बनाउन रुक्मणी, सत्यप्रकाश र शिवराज लकडाउनको समयदेखि नै जुटेका हुन् । यसको अर्डर लकडाउन भन्दा पहिले नै

दिइएको थियो । सत्यप्रकाशका अनुसार अहिले ६ लिभरको ताला तयार भएको छ । यो ताला खोल्ने साँचो ३ फिट ४ इन्ट लामो छ र साँचौको मात्रै तौल २५

किलोभन्दा बढी छ । सत्यप्रकाशका पिता भोजराज शर्मा पनि प्रसिद्ध ताला कालिगढ थिए । उनले ४० किलोभन्दा अधिक तौलका ताला बनाएका थिए ।

यो पनि पढ्नुहोस

एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?

जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।

कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

विवाह गर्नैपर्छ त

न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।

त्यसो भए विवाह गर्नैपर्छ त

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह बन्धन कि बाध्यता

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुखको कुरा

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट


Last Updated on: March 19th, 2021 at 4:14 am
१४०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया