
काठमाडौँ
प्रहरी कन्ट्रोल १०० मा एक महिलाले फोन गरिन् । उनले काठमाडौंको सीतापाइलामा चक्रपथ परिक्रमा गर्ने बसमा एक वृद्धको पकेटबाट पैसा चोरिएको सूचना
मात्र दिइनन्, चोर्ने व्यक्तिको हुलिया समेत बताइन् । उनले प्रहरीलाई फोन मात्र गरिनन्, गाडीमा होहल्ला समेत गरिन् । उनले होहल्ला गरेपछि चोरिएको ३४ हजार ५ सय ५०
रुपैयाँ बसमै फालेर एक महिला र दुई पुरुष गाडीबाट फात्तफुत्त झरिहाले । फोन प्राप्त भएको १० मिनेटमा गाडी खसी बजार आइपुग्दा प्रहरीले छेक्न भ्यायो । शंकास्पद
अन्य व्यक्ति पनि झरिसकेकाले पक्राउ गर्न भने सकेन । त्यसपछि ती महिलाले बताएको हुलिया लिएर प्रहरीले वरपर खोज्न थाल्यो । एक युवती पक्राउ परिन् । त्यसपछि प्रहरीले
ती युवतीसँग केरकार गर्यो । त्यसपछि कलंकीकै चिया पसलबाट अर्की युवती पनि पक्राउ परिन् । पक्राउ पर्नेमा थिए, कामनपा– ११ गोंगबुकी की २४ वर्षीया सम्झना
परियार र सिन्धुपाल्चोकको लिशंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती । महानगरीय प्रहरी प्रभाग कलंकीका प्रभागपति प्रहरी नायब निरीक्षक (सई)
मीठ्ठु खड्काले उनीहरूलाई साँझ ५ बजेदेखि ७ बजेसम्म केरकार गरे । उनीहरूले आफूहरू चोर नभएको जिकिर गरि नै रहे । ‘हेर्दा सम्पन्न परिवारका जस्ता देखिने, कुरा
पनि त्यस्तै गर्ने, शुरूमा त हामीलाई पनि गलत मानिस पक्राउ गरेको जस्तो लागेको थियो,’ सई खड्काले लोकान्तरसँग भने, ‘अन्तिमचोटी तिमीहरूलाई छाड्दिन्छौं, उनीहरूले
तिमीहरूलाई प्रयोग गरेका हुन्, अरू को हुन् भन भनेपछि बल्ल उनीहरूले आफूहरूले चोरी गरेको स्वीकारे र अन्य ५ जना पुरुषको नाम पनि दिए ।’ त्यसभन्दा अगाडि
पनि ७ जनाको समूहले विभिन्न समयमा गाडीमा चढेर पकेट मार्ने गरेको भन्दै बसका चालकले हुलियासहित प्रहरीलाई जनाकारी गराएका थिए । कलंकी प्रहरी ती व्यक्तिहरूको
खोजीमा पहिलेदेखि नै थियो । प्रहरीमा यतिसम्म खबर आएको थियो कि उनीहरू ३ थरीका मास्क लगाएर हिँड्छन् । २ दिन सेतो बुट्टा भएको सर्जिकल मास्क, २ दिन कालो
सर्जिकल मास्क र २ दिन कपडाको मास्क लगाउँछन् भन्ने सूचना प्रहरीलाई थियो । एउटै मास्क लगाउने ४ जनामध्ये भीडभाड हुने बसमा बसको दायाँपट्टि १ युवती र २ पुरुष
र बायाँपट्टि १ युवती ३ पुरुष बस्ने गर्दथे । उनीहरूले भीडभाड मानिसहरूलाई ठेलमठेल गर्ने र पकेट मार्ने गरिरहेको सूचना प्रहरीलाई पहिले नै आएको थियो । त्यो दिन
उनीहरूले बुट्टा भएको सर्जिकल मास्क लगाएको १०० मा फोन गरेर सूचना दिने महिलाले प्रहरीलाई बताएकी थिइन् । प्रहरी अन्य ५ जना पुरुषको खोजीमा लाग्यो ।
प्रहरीले पक्राउ परेका २ युवतीको सहयोगमा अन्यलाई पक्राउ गर्न प्रहरी लाग्यो तर त्यो बेलासम्म अन्यले उनीहरूलाई प्रहरीले पक्राउ गरेको थाहा पाइसकेका थिए । उनीहरूले
आफूहरूले प्रयोग गरेको मोबाइल समेत स्वीच अफ गरेका थिए । प्रहरी ती महिलालाई कहाँ बस्छन् भन्दा सोध्दा प्रहरी झन् चकित भयो । ‘हामीलाई अहिलेसम्म कोठा
देखाएका छैनन्। उनीहरूको वास्तविक नाम पनि थाहा छैन,’ प्रहरीलाई ती युवतीहरूले भनेपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सकेन । ती युवतीले प्रहरीलाई बताएअनुसार
मुख्य नाइकेको बोलाउने नाम राजन र अन्यको जङ्गे, अखण्डे, विशाल र बुद्ध रहेछ । तर उनीहरू त्यही नामकै आधारमा ७ वर्षदेखि पकेट मार्ने काममा संलग्न भएको प्रहरीलाई
बताए । पकेट मारेर गोंगबुमा घर ७ वर्षदेखि पकेट मार्दै आएकी २४ वर्षीया सम्झना परियारले काठमाडौं महानरपालिका– ११ गोंगबुमा घर बनाएको प्रहरीलाई बताएकी
छन् । ‘सम्झनाले पकेट मारेर गोंगबुमा घर बनाएको बताएकी छन्,’ सई खड्काले लोकान्तरसँग भने, ‘दिनमै ५०/६० हजार रुपैयाँ लुट्ने रहेछन् ।’ अन्य केटाहरूको
पनि काठमाडौंमा घर बनाइसकेको देखिन्छ । पकेट मार्नुभन्दा अगाडि ब्रिफिङ पक्राउ परेका २ युवतीले प्रहरीलाई बताएअनुसार उनीहरूले दैनिक पकेट मार्नुभन्दा अगाडि
मुख्य नाइके राजनले ब्रिफिङ लिने गरेको थिए । उनीहरू कार्यालय समयमा स्वयम्भुको खुला चौरमा अनिवार्य उपस्थित हुने र त्यहाँ कसरी पकेट मार्ने ? कुन एरियामा मार्ने ?
कसले के गर्ने ? कुन गाडी चढ्ने ? मानिसहरू कति भएपछि चढ्ने ? जस्ता कुराको निर्णय र जिम्मेवारी बाँडफाँड गर्ने गरेको ती युवतीले प्रहरीलाई बताएका छन् ।
‘उनीहरूले गज्जबको कुरा सुनाए । उनीहरू दैनिक ९ बजे स्वयम्भुको खुलाचौरमा भेटेर बदाम खाँदै त्यो दिन पकेट मार्ने क्षेत्रको ब्रिफिङ लिँदा रहेछन्,’ कलंकी
प्रभागका प्रमुख सई मीठ्ठु खड्काले लोकान्तरसँग भने, ‘अझ रमाइलो त उनीहरूको पकेट मार्ने समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेछ ।’ उनीहरू बेलुका
५ः३० बजे बिहान मिटिङ बसेकै ठाउँमा भेटेर पैसा बाँडफाँड गरी घर फर्किने गरेका रहेछन् । यदि कुनै दिन पकेट मार्न नसके त्यही दिन साँझ जम्मा भएर किन पकेट मार्न सकिएन ?
कसको के कमजोरी भयो भन्ने कुराको पनि समीक्षा हुने रहेछ । पकेटमारको कोड भाषा प्रहरीलाई ‘बकुल्ला’ पैसालाई ‘रामराम’ प्रहरीका अनुसार उनीहरूले प्रहरीलाई
बकुल्ला भन्ने गरेका रहेछन् । सई खड्काका अनुसार धेरै प्रहरी आए भन्नलाई ‘बकुल्लाको टोली’ एउटा मात्रै प्रहरी आयो भन्नलाई ‘बकुल्लो’ र महिलाहरूले ‘मामा’ पनि भन्ने
गरेका छन् । भने पैसा छ पकेट मारिहाल भन्नलाई उनीहरूले ‘रामराम’ भन्ने गरको खड्काले लोकान्तरलाई बताए । ‘उनीहरूले पैसालाई रामराम भन्दा रहेछन्,’ खड्काले
लोकान्तरसँग भने, ‘प्रहरी आयो भागलाई ‘बकुल्ला’ २ चोटी भन्ने गरेका रहेछन् ।’ उनीहरूले उपत्यकामा कति प्रहरी पोशाकमा खटिन्छन् ? कति प्रहरी सादा पोशाकमा खटिन्छन् ?
कुन ठाउँमा खटिन्छन् ? प्रहरी कसरी हिँड्छन् लगायतका गतिविधि समेत जानकारी राख्ने गरेको पाइएको प्रहरीले बताएको छ । ३ महिनाको अवधिमा मात्र आफूहरूले ५०
जनाभन्दा धेरै पकेटमारलाई पक्राउ गरेको उनले बताए । उपत्यकाबाट बाहिर जाने सवारी साधन र उपत्यकाभित्र चल्ने सवारी साधनलाई लक्षित गरेर पकेटमारले आफ्नो क्षेत्र कलंकीलाई बनाउने गरेको पाइएको सई खड्काले लोकान्तरलाई बताए ।
यो पनि पढ्नुहोस
एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।
कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।
विवाह गर्नैपर्छ त
न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।
पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।
त्यसो भए विवाह गर्नैपर्छ त
यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।
विवाह बन्धन कि बाध्यता
हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।
हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।
यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।
गृहस्थी सुखको कुरा
तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।
विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट