सोमबार २३ साउन २०७९

नेपालगञ्ज।सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० घरमा जोखिमका कारणर घरको भौतिक अवस्थाले निम्त्याउने सङ्कटका विषयमा सर्वेक्षण गरिने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिए ।

उक्त शाखा र युनिसेफको साझेदारीमा उपमहानगरपालिकाको समन्वयमा हुन लागेको सर्वेक्षणमा घनाबस्तीमा जोडिएर निर्माण भएका घरमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन गर्दै त्यसबाट बच्ने उपायका विषयमा समेत सजग गराउन कार्यक्रम सञ्चालन हुनेछ । “हामीले स्थानीय तहसँग समन्वय गरेर धेरै प्रकारका जोखिमको स्थिति पत्ता लगाउछौँ”, उनले भने । दुई सातासम्म हुने अध्ययनमा पाँच प्राविधिक जनशक्ति परिचालन हुनेछन् । उक्त परियोजनाले एक वर्षसम्म काम गर्ने बताइएको छ ।

घरको सर्वेक्षणका लागि नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा, रेडक्रसका जिल्ला सभापति गोवर्धन सिंह ‘सम्झना’ मेतको उपस्थितिमा भएको बैठकले उक्त विषयलाई अनुमोदन गरेको थियो । परियोजनाअन्तर्गत जोखिमयुक्त घरहरु पहिचान गरी नगरभित्र विपद पूर्वतयारीका लागि संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ स्थलगतरुपमा प्रविधिक परिचालन गरिएको उपमहानगरपालिकाका विपद् स्रोतव्यक्ति प्रकाश डिसीले बताए ।

जिल्ला सभापति ‘सम्झना’ले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखिम न्यूनिकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले घरहरुको जोखिम पहिचान भैसकेपछि बीमा कार्यक्रममलाई नगरमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्ववारे जानकारी गराएका थिए ।

बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् । राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।

यसैगरी भूमि तथा मालपोत कर ३१ लाख ६० हजार आठ सय ५१, नक्सापास दस्तुर २१ लाख ६६ हजार चार सय ७६, सिफारिस दस्तुर ३१ लाख ६७ हजार ६ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६८ हजार दुई सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ११ लाख ५३ हजार ५८ रुपैया छ भने व्यवसाय कर २० लाख ७३ हजार १ सय ५० रुपैयाँ प्राप्त भएको छ ।नगरपालिकाले प्राकृतिक श्रोत बाँडफाँट उपयोग कर मात्र २ करोड ९८ लाख ५२ हजार दुई २१ रुपैया संकलन गरेकोको संकलित कर मध्ये ६० प्रतिशत उपयोग गर्न पाउने प्रावधानअनुसार एक करोड ७९ लाख ११ हजार ३ सय ७५ रुपैया मात्र पालिकाको राजश्व आम्दानीमा समावेश भएको छ ।

यस्तै नगरपालिकाले घरजग्गा रजिष्ट्रेशन दस्तुर ६९ लाख ४३ लाख दुई सय चार र प्रदेश राजश्वतर्फ सवारीसाधन कर ८० लाख ६५ हजार तीन सय ३० रुपैयाँ प्राप्त गरेको छ ।

सोबाहेक आन्तरिक आयतर्फ न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, वहाल विरौटी कर, पटके तथा साना सवारीसाधान कर, प्रशासनिक दण्ड जरिवाना र जफत, पार्किङ शुल्क, विज्ञापन कर लगायतका अन्य विविध शिर्षकमा राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा बेसीशहर नगरपालिकाले प्रदेश र घरजग्गा रजिष्ट्रेशन (स्थानीय) गरी कुल पाँच करोड ७० लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा करिब ९ लाख बढी राजश्व संकलन संकलन भएको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ अधिकांश शिर्षकमा अनुमानित लक्ष्यभन्दा धेरै राजश्व आम्दानी भए पनि मालपोत कर, प्रदेश राजश्व आम्दानी अनुमान गरेअनुसार नभएको नगरपालिकाले जनाएको छ ।

आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउन प्रयासरत रहेको नगपालिकाले आर्थिक ऐन २०७९ पारित गरी १ साउनबाट लागुसमेत गरेको छ । उक्त ऐनमा करसम्बन्धी व्यवस्था तथा विभिन्न शिर्षकमा करको दर रेट उल्लेख गरिएको छ । एने बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा सस्थालाई कुनै पनि किसिमको कर छुट नदिनेसमेत उल्लेख छ ।

बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ६ करोड ६८ लाख ८९ हजार राजश्व आम्दानीको अनुमानित लक्ष्य राखेको छ ।


Last Updated on: August 6th, 2022 at 4:27 pm
४० पटक हेरिएको

तपाईको प्रतिक्रिया