शुक्रबार ०५ आश्विन २०८०

काठमाडौं । हङ्कङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङ्कङ–काठमाडौँ–हङ्कङ उडान भर्ने भएको छ । एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी रहेको छ । एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ । प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए। उनले भने, “क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन । एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण)ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन ।”

क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङ्कङ–काठमाडौँ–हङ्कङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हङ्कङको ड्र्यागन एयरलाइन्सअन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हङ्कङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हङ्कङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो । क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङ्कङको ध्वजाबाहक हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङ्कङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।

अहिले काठमाडाँै–हङ्कङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ । नेपालीको बाहुल्यता रहेको हङ्कङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौँबाट हङ्कङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ ।

हाल क्याथेले हङ्कङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्याण्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा २७ एयरलाइन्स

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित हाल २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यीमध्ये नेपालसहित २१ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान भर्दैआएका छन् ।

आगामी असोज १५ देखि क्याथे प्यासिफिकले पनि सिधा उडान भर्ने भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको सङ्ख्या २७ पुग्नेछ । त्रिभुवन विमानस्थलमा कोभिड–१९ महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए । कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ । यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् । नेपालले हालसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो ।

बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् । राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।

यसैगरी भूमि तथा मालपोत कर ३१ लाख ६० हजार आठ सय ५१, नक्सापास दस्तुर २१ लाख ६६ हजार चार सय ७६, सिफारिस दस्तुर ३१ लाख ६७ हजार ६ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६८ हजार दुई सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ११ लाख ५३ हजार ५८ रुपैया छ भने व्यवसाय कर २० लाख ७३ हजार १ सय ५० रुपैयाँ प्राप्त भएको छ ।नगरपालिकाले प्राकृतिक श्रोत बाँडफाँट उपयोग कर मात्र २ करोड ९८ लाख ५२ हजार दुई २१ रुपैया संकलन गरेकोको संकलित कर मध्ये ६० प्रतिशत उपयोग गर्न पाउने प्रावधानअनुसार एक करोड ७९ लाख ११ हजार ३ सय ७५ रुपैया मात्र पालिकाको राजश्व आम्दानीमा समावेश भएको छ ।

यस्तै नगरपालिकाले घरजग्गा रजिष्ट्रेशन दस्तुर ६९ लाख ४३ लाख दुई सय चार र प्रदेश राजश्वतर्फ सवारीसाधन कर ८० लाख ६५ हजार तीन सय ३० रुपैयाँ प्राप्त गरेको छ ।

सोबाहेक आन्तरिक आयतर्फ न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, वहाल विरौटी कर, पटके तथा साना सवारीसाधान कर, प्रशासनिक दण्ड जरिवाना र जफत, पार्किङ शुल्क, विज्ञापन कर लगायतका अन्य विविध शिर्षकमा राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा बेसीशहर नगरपालिकाले प्रदेश र घरजग्गा रजिष्ट्रेशन (स्थानीय) गरी कुल पाँच करोड ७० लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा करिब ९ लाख बढी राजश्व संकलन संकलन भएको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ अधिकांश शिर्षकमा अनुमानित लक्ष्यभन्दा धेरै राजश्व आम्दानी भए पनि मालपोत कर, प्रदेश राजश्व आम्दानी अनुमान गरेअनुसार नभएको नगरपालिकाले जनाएको छ ।

आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउन प्रयासरत रहेको नगपालिकाले आर्थिक ऐन २०७९ पारित गरी १ साउनबाट लागुसमेत गरेको छ । उक्त ऐनमा करसम्बन्धी व्यवस्था तथा विभिन्न शिर्षकमा करको दर रेट उल्लेख गरिएको छ । एने बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा सस्थालाई कुनै पनि किसिमको कर छुट नदिनेसमेत उल्लेख छ ।

बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ६ करोड ६८ लाख ८९ हजार राजश्व आम्दानीको अनुमानित लक्ष्य राखेको छ ।

 


Last Updated on: August 6th, 2022 at 4:42 pm
२०० पटक हेरिएको

तपाईको प्रतिक्रिया