मंगलबार २३ जेठ २०८०

नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो आज पनि हो र भोलि पनि हुनेछ ! आट भए जनमतसंग्रह गरेर देखाउ ओली जी

कांग्रेस नेता शशांकले दिए ओलिलाई चुनौती ! हिम्मत भए जनमत संग्रह गरेर देखाउ, नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो आज पनि हो र भोलि पनि हुनेछ !! नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो आज पनि हो र भोलि पनि हुनेछ !!

हिम्मत भए जनमत संग्रह गरेर देखाउन केपि ओलिलाई शशांकको चेतावनी । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रेहेको बताएका छन् । हिन्दु धर्मको वकालत गर्दै आएका कोइरालाले लामो समयदेखि धर्मबारे जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका छन् ।

बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले धर्मबारे जनमत संग्रहको वकालत गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न सबैले सरकारमाथि दबाव बढाउनुपर्ने बताएका छन् । टोखास्थित आफ्नै निवासमा बुधबार शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले जनमत संग्रहको वकालत गरेका हुन् । धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने दुई विकल्प रहेको भन्दै उनले भने, ‘कांग्रेसको चार तारे झण्डाको एउटा तार धर्म स्वतन्त्रताका लागि हो । धर्म न स्वतन्त्र हुन्छ न सापेक्ष हुन्छ ।’

आफूलाई तीन पटक जिताएर पठाएका धेरै जनता हिन्दु धर्मावलम्बी रहेको भन्दै उनले भने धार्मिक स्वतन्त्रता नभन्ने हो भने जनमत संग्रह गर्नुपर्ने बताए । उनले भने, ‘जनमत गराउनुपर्‍यो, जसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन ।’ धर्म निरपेक्षिता लेखिँदा कोही नबालेको भन्दै उनले जनमत संग्रहका लागि सबैले सरकारलाई दबाव दिनुपर्ने बताए ।


Last Updated on: June 11th, 2021 at 12:54 am
५५० पटक हेरिएको

तपाईको प्रतिक्रिया