बुधबार १० आश्विन २०८०

कोरोना संक्रमण भएपछि वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका थिए । आज उनले कोरोना जितेर हस्पिटलबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको कमी हुदा उनलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गायक श्रेष्ठलाई बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनी अब घरमै स्वास्थ्य लाभ गर्नेछन् । उनि पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका हुन् । यसैबीच, बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरुले गायक श्रेष्ठलाई विदाइ गर्ने क्रममा उनकै लोकप्रिय गीतहरु गाएर सम्मान व्यक्त गरेका छन् ।

गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपालका प्रस्तोता तथा निर्माता सुशिल नेपालले उनको अस्पतालबाट विदा भैरहेको भिडियो फेसबुकमा अपलोड गरेका छन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले गायक श्रेष्ठका दुई लोकप्रिय गीतहरु बितेका कुराले र हुँ यात्री एउटा गाएर विदा गरेका हुन् । ह्विलचेयरमा बसेर अभिभावद गर्दै अस्पतालको क्याबिनबाट बाहिरिँदै गर्दा गायक श्रेष्ठलाई स्वास्थकर्मीहरुले खादा लगाएर बिदाई गरेका थिए ।


Last Updated on: June 11th, 2021 at 12:56 am
६१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया