सोमबार १० आश्विन २०७९

गुलरिया : नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रबन्धक बैंकको रकम हिनामिना गरी फरार भएका छन्। ईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएर बैंक कसुर गरेको मेनेजर धर्मेन्द्र न्यौपानेमाथि आरोप छ।

नेपाल बैंक लिमिटेड गुलरिया शाखामा कार्यरत धर्मेन्द्र न्यौपाने साउन ११ गतेदेखि सम्पर्कविहीन रहेको नयाँ शाखा प्रबन्धक कुश अधिकारीले बताए। उनले भने, ‘हामीले घरमा सम्पर्क गर्दा पनि सम्पर्क भएन। घरबाट पनि सम्पर्कविहीन भएको अवस्था छ।’

कार्यालयबाट फिल्ड जान हिंडेका उनले पछि आउन पाउँदिन भनेर कार्यालयमा खबर गरेका थिए। भर्खर मात्र कार्यालय सम्हाल्न आएका मेनेजर अधिकारीले बैंकको रकम आईपीएस प्रयोग गरेर हिनामिना भएको देखिएको बताए।

‘बैंकको अडिट भैसकेको छ। जुन-जुन ग्राहकको खाताबाट रकम झिकिएको छ सो रकम बैंकले ग्राहकहरुको खातामा हाल्ने भएकाले ग्राहकले जम्मा गरेको रकम घट्दैन। बैंक लुटिंदा हामीले रकम फिर्ता गरेका छौं। यसमा त फिर्ता नहुने कुरै छैन’, उनले भने। ग्राहकहरुलाई ढुक्क हुन उनले आग्रह गरे। सम्पर्कविहीन कार्यालय प्रमुखको बैंकले पनि खोजी गरिरहेको उनले बताए। ‘हराएको मान्छे भेटिन पर्‍यो। पैसा त बैंकले हालिहाल्छ। सुरुमा पत्ता लगाउन मात्र कठिन हो’, अधिकारीले प्रष्ट्याए। नेपाल बैंक लिमिटेड गुलरियाका मेनेजरले आईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएको भेटिएपछि बैंकले जिल्ला प्रहरी कार्यालय बर्दियामा बैंकिङ कसुरमा मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

बैंकको ५० लाख रुपैयाँ आईपीएस मार्फत हिनामिना गरी फरार मेनेजर न्यौपानेलाई छानविनको लागि बैंकले दिएको जाहेरी रितपूर्वक दर्ता गरी अनुसन्धान सुरु भएको एसपी शाहीले बताए। उनले परिवारले पनि हराएकाले खोजी गरी पाम भनी निवेदन दिएको जानकारी दिए। ‘हामीले खोजी कार्यलाई तीव्रता दिएका छौं। मोबाइल स्विच अफ छ’, उनले भने। प्रहरी गहिरो अनुसन्धानमा रहेकाले बाँकी तथ्य चाँडै पत्ता लाग्ने उनले विस्वास दिलाए। कालिकोटबाट बसाइ सरी नेपालगञ्ज घर भएका न्यौपाने केही महिनादेखि नेपाल बैंक लिमिटेड बर्दियाको गुलरिया शाखामा प्रवन्धकको रुपमा कार्यरत थिए।

बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् । राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।

यसैगरी भूमि तथा मालपोत कर ३१ लाख ६० हजार आठ सय ५१, नक्सापास दस्तुर २१ लाख ६६ हजार चार सय ७६, सिफारिस दस्तुर ३१ लाख ६७ हजार ६ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६८ हजार दुई सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ११ लाख ५३ हजार ५८ रुपैया छ भने व्यवसाय कर २० लाख ७३ हजार १ सय ५० रुपैयाँ प्राप्त भएको छ ।नगरपालिकाले प्राकृतिक श्रोत बाँडफाँट उपयोग कर मात्र २ करोड ९८ लाख ५२ हजार दुई २१ रुपैया संकलन गरेकोको संकलित कर मध्ये ६० प्रतिशत उपयोग गर्न पाउने प्रावधानअनुसार एक करोड ७९ लाख ११ हजार ३ सय ७५ रुपैया मात्र पालिकाको राजश्व आम्दानीमा समावेश भएको छ ।

यस्तै नगरपालिकाले घरजग्गा रजिष्ट्रेशन दस्तुर ६९ लाख ४३ लाख दुई सय चार र प्रदेश राजश्वतर्फ सवारीसाधन कर ८० लाख ६५ हजार तीन सय ३० रुपैयाँ प्राप्त गरेको छ ।

सोबाहेक आन्तरिक आयतर्फ न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, वहाल विरौटी कर, पटके तथा साना सवारीसाधान कर, प्रशासनिक दण्ड जरिवाना र जफत, पार्किङ शुल्क, विज्ञापन कर लगायतका अन्य विविध शिर्षकमा राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा बेसीशहर नगरपालिकाले प्रदेश र घरजग्गा रजिष्ट्रेशन (स्थानीय) गरी कुल पाँच करोड ७० लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा करिब ९ लाख बढी राजश्व संकलन संकलन भएको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ अधिकांश शिर्षकमा अनुमानित लक्ष्यभन्दा धेरै राजश्व आम्दानी भए पनि मालपोत कर, प्रदेश राजश्व आम्दानी अनुमान गरेअनुसार नभएको नगरपालिकाले जनाएको छ ।

आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउन प्रयासरत रहेको नगपालिकाले आर्थिक ऐन २०७९ पारित गरी १ साउनबाट लागुसमेत गरेको छ । उक्त ऐनमा करसम्बन्धी व्यवस्था तथा विभिन्न शिर्षकमा करको दर रेट उल्लेख गरिएको छ । एने बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा सस्थालाई कुनै पनि किसिमको कर छुट नदिनेसमेत उल्लेख छ ।

बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ६ करोड ६८ लाख ८९ हजार राजश्व आम्दानीको अनुमानित लक्ष्य राखेको छ ।


Last Updated on: August 7th, 2022 at 4:54 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया