बिहिबार ११ आश्विन २०८०

विराटनगर : थरुवट प्रदेश नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ।

सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संयुक्त रूपमा आइतबार सभामुख भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो। सभामुखलाई ज्ञापनपत्र बुझाउँदै सभाका सुनसरी जिल्ला अध्यक्ष सुरेन्द्रकुमार चौधरीले नेपालको अन्तरिम संविधान, २०६३ जारी भएपश्चात समानुपातिक, सहभागितामुलक लोकतन्त्रको अभ्यासलाई मुलुकले अङ्गीकार गरेपनि थारु समुदायको मागलाई सधैं उपेक्षा गरिएको बताए।

उनले भने, ‘थारु समुदायले आफ्नो माग सम्बोधन गराउनका निम्त्ति विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरू गरेको छ। आन्दोलन पश्चात विभिन्न सम्झौताहरू समेत भएका छन्। तर, हाम्रो मागलाई अझै पुरा भएको छैन।’

पहिचानको विषयमा विगतका समयदेखि नै थारु समुदायमाथि सरकारले विश्वासघात गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। विगतमा नेपाल सरकार र थारु संयुक्त संघर्ष समितिबीच भएको सम्झौताको आधारमा प्रदेश १ को नाम ‘थरुहट प्रदेश’ राख्नुपर्ने जारी विज्ञप्तिमार्फत् माग गरिएको छ।

थारु कल्याणकारिणी सभाद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सभामुख प्रदीपकुमार भण्डारीले नामकरणको विषयमा हुने सर्वदलीय छलफलमा सो विषयलाई समेत सहजीकरण गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् । राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।

यसैगरी भूमि तथा मालपोत कर ३१ लाख ६० हजार आठ सय ५१, नक्सापास दस्तुर २१ लाख ६६ हजार चार सय ७६, सिफारिस दस्तुर ३१ लाख ६७ हजार ६ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६८ हजार दुई सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ११ लाख ५३ हजार ५८ रुपैया छ भने व्यवसाय कर २० लाख ७३ हजार १ सय ५० रुपैयाँ प्राप्त भएको छ ।नगरपालिकाले प्राकृतिक श्रोत बाँडफाँट उपयोग कर मात्र २ करोड ९८ लाख ५२ हजार दुई २१ रुपैया संकलन गरेकोको संकलित कर मध्ये ६० प्रतिशत उपयोग गर्न पाउने प्रावधानअनुसार एक करोड ७९ लाख ११ हजार ३ सय ७५ रुपैया मात्र पालिकाको राजश्व आम्दानीमा समावेश भएको छ ।

यस्तै नगरपालिकाले घरजग्गा रजिष्ट्रेशन दस्तुर ६९ लाख ४३ लाख दुई सय चार र प्रदेश राजश्वतर्फ सवारीसाधन कर ८० लाख ६५ हजार तीन सय ३० रुपैयाँ प्राप्त गरेको छ ।

सोबाहेक आन्तरिक आयतर्फ न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, वहाल विरौटी कर, पटके तथा साना सवारीसाधान कर, प्रशासनिक दण्ड जरिवाना र जफत, पार्किङ शुल्क, विज्ञापन कर लगायतका अन्य विविध शिर्षकमा राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा बेसीशहर नगरपालिकाले प्रदेश र घरजग्गा रजिष्ट्रेशन (स्थानीय) गरी कुल पाँच करोड ७० लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा करिब ९ लाख बढी राजश्व संकलन संकलन भएको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ अधिकांश शिर्षकमा अनुमानित लक्ष्यभन्दा धेरै राजश्व आम्दानी भए पनि मालपोत कर, प्रदेश राजश्व आम्दानी अनुमान गरेअनुसार नभएको नगरपालिकाले जनाएको छ ।

आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउन प्रयासरत रहेको नगपालिकाले आर्थिक ऐन २०७९ पारित गरी १ साउनबाट लागुसमेत गरेको छ । उक्त ऐनमा करसम्बन्धी व्यवस्था तथा विभिन्न शिर्षकमा करको दर रेट उल्लेख गरिएको छ । एने बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा सस्थालाई कुनै पनि किसिमको कर छुट नदिनेसमेत उल्लेख छ ।

बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ६ करोड ६८ लाख ८९ हजार राजश्व आम्दानीको अनुमानित लक्ष्य राखेको छ ।


Last Updated on: August 7th, 2022 at 5:56 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया