शुक्रबार ०५ आश्विन २०८०

उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिकामा शनिबार बेलुकी पुनः वर्षाले सप्तकोसी नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा बाँकी रहेका केही र फर्केर आएका पनि पुनः विस्थापित भएका छन् । नगरपालिकाका अनुसार शनिवार पूर्वी पहाडी क्षेत्र र उदयपुर क्षेत्रमा आएको वर्षाका कारण सप्तकोसीमा पुनःबाढी आएपछि वडानं स्थित २ बानडाँडा क्षेत्रका केही बासिन्दा विस्थापित भएका हुन् । यस्तै वडा नं १ को तपेश्वरी, आम्बासी, पुरनदहका खोलामा आएको बाढी गाउँमा प्रवेश गर्दा शनिबार सो क्षेत्रका बासिन्दा गाउँ छाडेर सुरक्षितस्थलतर्फ गएको नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनुभयो ।

गत शनिबार पूर्वी पहाडी क्षेत्रमा आएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बानडाँडा र सातपत्रेका बासिन्दा केही दिनअघि विस्थापित भएर घर फर्किआएकामा पुनः विस्थापित भएर अन्य सुरक्षितस्थलतर्फ गएको बेलका– २ का प्रकाश कार्कीले बताउनुभयो ।यस्तै पुरनदह, खारखोला तथा आम्बासी खोला र अन्य स्थानीय खोलामा आएको बाढी गाउँमा प्रवेश गर्न थालेपछि शनिबार बेलुकी नै झण्डै सो क्षेत्रका पाँचसय घरपरिवार सुरक्षितस्थलतर्फ गएको आम्बासीका देवराज थापाले बताउनुभयो ।

शनिबार भीषण वर्षाका कारण स्थानीय खोलामा बाढी आएर विस्थापित भएकाको तथ्याङ्क आज बिहानैदेखि सङ्कलन सुरु गरिएको नगरपालिकाले जनाएको छ । विस्थापित भएकाहरु कहाँ कुन स्थानमा सुरक्षित रहेका छन् भन्ने कुरा पत्ता लगाएपछि उनीहरुलाई उद्धार गरेर राहत वितरण गरिने नगरप्रमुख अशोक कार्कीले बताउनुभयो ।

नगरपालिकाले शनिबार विस्थापित भएकाको तथ्याङक सङ्कलन सुर गरे पनि स्थानीयवासीका अनुसार शनिबार आएको खहरे खोला तथा स्थानीय खोलाको बाढी गाउँमा प्रवेश गरेपछि आम्बासी, पुरनदह र तपेश्वरी क्षेत्रबाट पाँच सय घरपरिवार विस्थापित भएको आम्बासीका कुमार कार्कीले बताउनुभयो ।यता बानडाँडा र सातपत्रे क्षेत्रमा केही दिन अघिमात्र कोसीको बाढी गाउँमा प्रवेश गर्न थालेपछि विस्थापित भएर पुनः गाउँ फर्किकामध्ये शनिबार झण्डै ५० घरपरिवार पुनः विस्थास्थापित भएको स्थानीयवासीले बताए । सप्तकोसी नदीको बहाव बढेर गाउँमा पुनः प्रवेश गर्दा हालसम्म दुईहजार ५०० भन्दा बढी स्थानीयवासी विस्थापित भएकामा अहिले मौसममा सुधार भएपछि धेरै गाउँ फर्कन थालेकामा शनिबार भीषण वर्षापछि आएको बाढीका कारण पुनः केही स्थानीयवासी गाउँ छाडेर विस्थापित हुन पुगेका छन् । उनीहरुको चाँडो भन्दा चाँडो उद्धार गरिने नगरपालिकाले बताएको छ ।

शनिबार पूर्वी पहाडी क्षेत्रमा भीषण वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढ्न पुगेका कारण कोसी टप्पु क्षेत्रमा त्रास पैदा भएर धेरैजसो बेलुकिनै गाउँ छाडेर अन्यत्र गएको नगरपालिकाले जनाएकोे छ ।पानीको बहाव ह्वात्तै बढेपछि सप्तकोसी नदीस्थित सप्तकोसी पुलको ३३ वटा ढोका खोलिएको र बेलका क्षेत्रमा पनि सेना, प्रहरीले स्थानीय जनतालाई सचेत गराएको नगरपालिकाले बताएको छ ।
–––

बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् । राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।

यसैगरी भूमि तथा मालपोत कर ३१ लाख ६० हजार आठ सय ५१, नक्सापास दस्तुर २१ लाख ६६ हजार चार सय ७६, सिफारिस दस्तुर ३१ लाख ६७ हजार ६ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६८ हजार दुई सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ११ लाख ५३ हजार ५८ रुपैया छ भने व्यवसाय कर २० लाख ७३ हजार १ सय ५० रुपैयाँ प्राप्त भएको छ ।नगरपालिकाले प्राकृतिक श्रोत बाँडफाँट उपयोग कर मात्र २ करोड ९८ लाख ५२ हजार दुई २१ रुपैया संकलन गरेकोको संकलित कर मध्ये ६० प्रतिशत उपयोग गर्न पाउने प्रावधानअनुसार एक करोड ७९ लाख ११ हजार ३ सय ७५ रुपैया मात्र पालिकाको राजश्व आम्दानीमा समावेश भएको छ ।

यस्तै नगरपालिकाले घरजग्गा रजिष्ट्रेशन दस्तुर ६९ लाख ४३ लाख दुई सय चार र प्रदेश राजश्वतर्फ सवारीसाधन कर ८० लाख ६५ हजार तीन सय ३० रुपैयाँ प्राप्त गरेको छ ।

सोबाहेक आन्तरिक आयतर्फ न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, वहाल विरौटी कर, पटके तथा साना सवारीसाधान कर, प्रशासनिक दण्ड जरिवाना र जफत, पार्किङ शुल्क, विज्ञापन कर लगायतका अन्य विविध शिर्षकमा राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा बेसीशहर नगरपालिकाले प्रदेश र घरजग्गा रजिष्ट्रेशन (स्थानीय) गरी कुल पाँच करोड ७० लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा करिब ९ लाख बढी राजश्व संकलन संकलन भएको छ ।

नगरपालिकाको आन्तरिक आयतर्फ अधिकांश शिर्षकमा अनुमानित लक्ष्यभन्दा धेरै राजश्व आम्दानी भए पनि मालपोत कर, प्रदेश राजश्व आम्दानी अनुमान गरेअनुसार नभएको नगरपालिकाले जनाएको छ ।

आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउन प्रयासरत रहेको नगपालिकाले आर्थिक ऐन २०७९ पारित गरी १ साउनबाट लागुसमेत गरेको छ । उक्त ऐनमा करसम्बन्धी व्यवस्था तथा विभिन्न शिर्षकमा करको दर रेट उल्लेख गरिएको छ । एने बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा सस्थालाई कुनै पनि किसिमको कर छुट नदिनेसमेत उल्लेख छ ।

बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ६ करोड ६८ लाख ८९ हजार राजश्व आम्दानीको अनुमानित लक्ष्य राखेको छ ।


Last Updated on: August 7th, 2022 at 6:01 pm
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया