
काठमाडौं:
नायक प्रदिप खड्काका प्रतिक्षित २ फिल्म प्रकाश र प्रेम गीत ३ अब प्रर्दशनको तयारीमा छन् । दुवै फिल्म १ महिनाको अन्तरमा प्रदृशन हुने क्रममा रहेका बेला प्रदिप अहिले दुवै फिल्मको प्रचार प्रसारमा लागिपरिरहेका छन् ।
कुनै समय नाम र अभिनयका लागि मात्रै काम गर्ने भनेर नेपाली चलचित्र क्षेत्रमा आएका प्रकाश अहिले सर्वाधिक चल्तिका नायकका रुपमा परिचित छन् ।
हालसम्म ६ वटा फिल्ममा काम गरेका उनले आफ्नो निश्चित पारिश्रीमक नभएको बताउँदै आएका छन् । उनै प्रकाश यतिबेला चलचित्र प्काशको प्रचार प्रसारमा लागिरहेका छन् । हालैको एक अन्तरवार्तामा उनले आफू आजभन्दा ८ बर्ष अघि कुनै युवतीसँग बिहे गरेर अष्ट्रेलिया जान तयार रहेको रहस्य खोलेका छन् ।
उनले ८ बर्ष अघि नै ति युवतीसँग इङ्गेजमेण्ट भएको हल्ला हल्ला मात्रै भएको बताए । ति युवतीसँग प्रकाश बिहे गरेर डिपेन्डेन्टमा अष्ट्रेलिया जाने योजनामा थिए । ति युवतीको बारेमा प्रकमाशले प्रस्ट पारेनन् । उनले यति मात्रै भनेकी हामी एउटै कलेज पढ्थ्यौँ । अहिलेपनि हाई हेलो छ ।
उनैसँग विबाह गर्नुहुन्छ त भन्ने प्रश्नमा प्रदिपले भने बिहे गर्ने समय आएपछि प्रस्ताव राखौँला । हत्तपत्त मिडिया फेस नगर्ने तर आफ्ना फिल्महरु प्रर्दशन हुने क्रममा रहेका बेला मज्जैले खुल्ने प्रदिपले उक्त अन्त्रवार्तामा धेरै रमाइलो र रोचक तरिकाले कुराकानी गरेका छन् ।
बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।
गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् । राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।
यसैगरी भूमि तथा मालपोत कर ३१ लाख ६० हजार आठ सय ५१, नक्सापास दस्तुर २१ लाख ६६ हजार चार सय ७६, सिफारिस दस्तुर ३१ लाख ६७ हजार ६ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६८ हजार दुई सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।
सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ११ लाख ५३ हजार ५८ रुपैया छ भने व्यवसाय कर २० लाख ७३ हजार १ सय ५० रुपैयाँ प्राप्त भएको छ ।नगरपालिकाले प्राकृतिक श्रोत बाँडफाँट उपयोग कर मात्र २ करोड ९८ लाख ५२ हजार दुई २१ रुपैया संकलन गरेकोको संकलित कर मध्ये ६० प्रतिशत उपयोग गर्न पाउने प्रावधानअनुसार एक करोड ७९ लाख ११ हजार ३ सय ७५ रुपैया मात्र पालिकाको राजश्व आम्दानीमा समावेश भएको छ ।
यस्तै नगरपालिकाले घरजग्गा रजिष्ट्रेशन दस्तुर ६९ लाख ४३ लाख दुई सय चार र प्रदेश राजश्वतर्फ सवारीसाधन कर ८० लाख ६५ हजार तीन सय ३० रुपैयाँ प्राप्त गरेको छ ।
सोबाहेक आन्तरिक आयतर्फ न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, वहाल विरौटी कर, पटके तथा साना सवारीसाधान कर, प्रशासनिक दण्ड जरिवाना र जफत, पार्किङ शुल्क, विज्ञापन कर लगायतका अन्य विविध शिर्षकमा राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षमा बेसीशहर नगरपालिकाले प्रदेश र घरजग्गा रजिष्ट्रेशन (स्थानीय) गरी कुल पाँच करोड ७० लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा करिब ९ लाख बढी राजश्व संकलन संकलन भएको छ ।
नगरपालिकाको आन्तरिक आयतर्फ अधिकांश शिर्षकमा अनुमानित लक्ष्यभन्दा धेरै राजश्व आम्दानी भए पनि मालपोत कर, प्रदेश राजश्व आम्दानी अनुमान गरेअनुसार नभएको नगरपालिकाले जनाएको छ ।
आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउन प्रयासरत रहेको नगपालिकाले आर्थिक ऐन २०७९ पारित गरी १ साउनबाट लागुसमेत गरेको छ । उक्त ऐनमा करसम्बन्धी व्यवस्था तथा विभिन्न शिर्षकमा करको दर रेट उल्लेख गरिएको छ । एने बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा सस्थालाई कुनै पनि किसिमको कर छुट नदिनेसमेत उल्लेख छ ।
बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ६ करोड ६८ लाख ८९ हजार राजश्व आम्दानीको अनुमानित लक्ष्य राखेको छ ।