
अब बालबालिकालाई मासिक ३ हजार रुपैयाँ शैक्षिक भत्ता !
June 11, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं । बागमती प्रदेश सरकारले बालबालिकाहरुलाई मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रममा कोरोनाका कारण आमाबावु नै गुमाएका बालबालिकाका लागि उक्त भत्ता प्रदान गर्ने निर्णय गरेको हो ।बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विष्णुप्रसाद प्रसाईले उक्त जानकारी गराउनुभएको हो । प्रदेश सरकारले कोभिड १९ को संकटबाट प्रभावित नागरिकको जीवनस्तरमा सुधार ल्याउनका हरित उत्पादन, हरित, उत्थानशील, समावेशी विकास जस्ता असल अभ्यासहरुको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रममा कार्यान्वयनलाई जोड दिएको छ । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***
एजेन्सी । हवाई जहाजमा चढ्नासाथ मोबाइललाई एयरप्लेन वा फ्लाइट मोडमा राख्नुपर्छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा भएकै कुरा हो । तर के तपाईंलाई थाहा छ, यस्तो बेला मोबाइललाई फ्लाइट मोडमा राख्नु किन अनिवार्य हुन्छ ? जब प्लेन हावामा टेक अफ लिन्छ, तब पाइलटलाई तल जमिनमा रहेका टावरसँग सञ्चार गर्न सिग्नल प्राप्त हुन्छ ।
त्यसपछिको अवस्थामा जमिनमा हुने टावरहरुले पाइलटहरुलाई आवश्यक दिशा निर्देश गर्दछन् । जब प्लेनमा रहेको कुनै व्यक्तिले आफ्नो मोबाइलको फ्लाइट मोड अर्थात एयरप्लेन मोड अन गर्छ, तब त्यसमा रहेको सिमकार्डले जमिनमा रहेका मोबाइल टावरहरुको सिग्नल फेला पार्न स्क्यान वा खोजी गर्न थाल्दछ ।
मोबाइलमा हुने यस किसिमको गतिविधिले पाइलट र ग्राउन्ड स्टेसनबीचको सञ्चार सम्पर्कलाई बिगार्न वा असर पार्न थाल्दछ । अर्थात उक्त सञ्चार सम्पर्कलाई अवरुद्ध पार्ने कोशिश गर्दछ । जसले गर्दा पाइलटको हेडफोनमा तल ग्राउन्ड स्टेसनको कन्ट्रोल रुमको आवाजको साटो तपाईंको मोबाइलको फ्रिक्वेन्सी अवरोधले झिरझिर आवाज आउन थाल्दछ र कन्ट्रोल टावरबीचको सञ्चारलाई अवरोध गर्दै जान्छ अनि पाइलटले प्राप्त निर्देशन सुन्नै नसक्ने अवस्था आउँछ ।
यसबाट पाइलटले अगाडिको मौसम कस्तो छ, कुनै अर्को फ्लाइट गइरहेको त छैन यस्ता निकै महत्वपूर्ण सूचना पाइलटको कानसम्म पुग्न पाउँदैनन् । प्लेन चलाउने पाइलटको मात्र होइन, फ्लाइट सुरक्षित र सही दिशामा उचित रुपमा उड्नका लागि ग्राउन्ड स्टेसनमा हुने कन्ट्रोल रुमको समेत महत्वपूर्ण भूमिका हुने गर्दछ । यी कारणले गर्दा फोनमा एयरप्लेन मोड राखिएको हुन्छ र उडानका दौरान त्यसलाई अन गर्नुपर्ने नियम बनाइएको हो ।