आइतबार ०७ आश्विन २०८०

डा. केसीको प्रधानमन्त्रीलाई पत्र ‘चोर बाटोबाट बीएन्डसीलाई सम्बन्धन नदिनु’
June 11, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आज आयोगको बैठक बस्दै, ऐन नियम मिचेर सम्बन्धन दिने सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन नदिन ध्यानार्कषण गराएका छन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>

शुक्रबार दिउँसो ११ बजे चिकित्सा शिक्षा आयोगको बैठक डाकिएको छ । ऐन नियम मिचेर ‘बलजफ्ती’ सम्बन्धन दिलाउन लागिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् । यमनमा रहेका डा. केसीले बिहीबार विज्ञप्ति जारी गरेर सम्बन्धन प्रक्रिया अघि बढाए नेपाल फर्के लगत्तै सत्याग्रह थाल्ने चेतावनी दिएका थिए । उनले बीएण्डसीलाई सम्बन्धन दिनकै लागि चिकित्सा शिक्षाको आकस्मिक बैठक डाकिएको बताएका छन् । डा. केसीले शुक्रबार पनि सम्बन्धन अघि बढाए सत्याग्रह थाल्ने दोहोर्‍याएका छन् ।

दुर्गा प्रसाई सञ्चालक रहेको मेडिकल कलेजलाई जबरजस्ती सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय रहेको चिकित्सा शिक्षा आयोगका पदाधिकारीले बताएका छन् । आजको बैठकले प्रधानमन्त्रीको ठाडो निर्देशनमा सम्बन्धन दिने निर्णय लिनसक्ने अनुमान गरिएको छ । त्यहि थाहा पारेर बिहीबार निषेधाज्ञाकाबीच पनि केसीका समर्थकहरुले माइतीघर मण्डलामा प्रर्दशन गरेका थिए ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>


Last Updated on: June 11th, 2021 at 12:11 pm
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया