
काठमाडौं। हालै रिलिज भएको तीज गीत ‘पापाकी परी’ मा पेटिकोट लगाएर डान्स गरेका कारण विवादमा परेकी मोडल करिश्मा ढकालले हालै गोदावरीमा बोल्ड फोटोसुट गराएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम सामाजिक संजाल खातामा आफ्नो फोटोसुटका केही तस्वीरहरु पनि शेयर गरेकी छिन् ।
यो फोटोसुटसँगै मोडल करिश्मा एक पटक फेरि चर्चामा आएकी छिन् । हुन त उनी मोडलिङ क्षेत्रमा उचाइमा पुगेसँगै निकै चर्चामा छिन् । उनले अभिनय गरेका म्युजिक भिडियो अहिलेसम्म एक हजारभन्दा बढी भइसकेका छन् । पछिल्लो समय उनको सामाजिक संजालमा निकै बोल्ड फोटोहरु देख्न सकिन्छ । अहिले पनि उनले निकै हट बनेर फोटोशुट गरेकी छिन् । जहाँ उनी निकै खुलेकी छिन् ।
हेर्नुहोस् करिश्माका केही तस्वीरहरु –
बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।
गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् । राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।
यसैगरी भूमि तथा मालपोत कर ३१ लाख ६० हजार आठ सय ५१, नक्सापास दस्तुर २१ लाख ६६ हजार चार सय ७६, सिफारिस दस्तुर ३१ लाख ६७ हजार ६ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट १६ लाख ६८ हजार दुई सय ४९ रुपैयाँ राजश्व संकलन भएको छ ।
सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय ११ लाख ५३ हजार ५८ रुपैया छ भने व्यवसाय कर २० लाख ७३ हजार १ सय ५० रुपैयाँ प्राप्त भएको छ ।नगरपालिकाले प्राकृतिक श्रोत बाँडफाँट उपयोग कर मात्र २ करोड ९८ लाख ५२ हजार दुई २१ रुपैया संकलन गरेकोको संकलित कर मध्ये ६० प्रतिशत उपयोग गर्न पाउने प्रावधानअनुसार एक करोड ७९ लाख ११ हजार ३ सय ७५ रुपैया मात्र पालिकाको राजश्व आम्दानीमा समावेश भएको छ ।
यस्तै नगरपालिकाले घरजग्गा रजिष्ट्रेशन दस्तुर ६९ लाख ४३ लाख दुई सय चार र प्रदेश राजश्वतर्फ सवारीसाधन कर ८० लाख ६५ हजार तीन सय ३० रुपैयाँ प्राप्त गरेको छ ।
सोबाहेक आन्तरिक आयतर्फ न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, वहाल विरौटी कर, पटके तथा साना सवारीसाधान कर, प्रशासनिक दण्ड जरिवाना र जफत, पार्किङ शुल्क, विज्ञापन कर लगायतका अन्य विविध शिर्षकमा राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षमा बेसीशहर नगरपालिकाले प्रदेश र घरजग्गा रजिष्ट्रेशन (स्थानीय) गरी कुल पाँच करोड ७० लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा करिब ९ लाख बढी राजश्व संकलन संकलन भएको छ ।
नगरपालिकाको आन्तरिक आयतर्फ अधिकांश शिर्षकमा अनुमानित लक्ष्यभन्दा धेरै राजश्व आम्दानी भए पनि मालपोत कर, प्रदेश राजश्व आम्दानी अनुमान गरेअनुसार नभएको नगरपालिकाले जनाएको छ ।
आन्तरिक आयको क्षेत्र पहिचानका साथै क्षमताको आधारमा सबैलाई करको दायरामा ल्याउन प्रयासरत रहेको नगपालिकाले आर्थिक ऐन २०७९ पारित गरी १ साउनबाट लागुसमेत गरेको छ । उक्त ऐनमा करसम्बन्धी व्यवस्था तथा विभिन्न शिर्षकमा करको दर रेट उल्लेख गरिएको छ । एने बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा सस्थालाई कुनै पनि किसिमको कर छुट नदिनेसमेत उल्लेख छ ।
बेसीशहर नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० मा ६ करोड ६८ लाख ८९ हजार राजश्व आम्दानीको अनुमानित लक्ष्य राखेको छ ।