शुक्रबार १९ जेठ २०८०

मात्र प्रति कठ्ठा २० हजार कोरोना महामारिले जग्गाको भाउ सस्तो
June 11, 2021 71
प्रदेश न 5 दाङ जिल्ला शान्तिनगर गाउपालिका वडा न 5 मा तु 9 कठ्ठा जग्गा बिक्रीमा छ र जग्गा भएको ठाउ तुल्सिपुर देखि मात्र 13 km टाढा छ जग्गा भको सान्तिनगर गाउपालिका जङपुरामा पर्छ र जग्गा रुमाल जस्तै मिलेको छ। यकदम राम्रो छ ढुक्क भएर किन्दा हुन्छ जग्गाको मुल्य एलानि 1 कठ्ठा को 20 हजार मात्र र बाकि 8 कठ्ठा नम्बरिको प्रति कठ्ठा 2 लाख 50 हजार का दरले 20 लाख र टोट्ल एलानि नम्बरि गरेर 20 लाख 20 हजार मात्र हो ! जग्गामा गाई फम भैसि फम कुखुरा पालन सबै गर्ने मिल्ने छ सिधै जग्गा धनिको नम्बर रहेको छ रमेश कुमार ओलि फफोन नम्बर रहेको छ

जग्गा दलालिको पछाडि नफस्नुहोला! जग्गा दलालले नराम्रो सग फसाउछन तपाई आफै सचेत हुनु होला हाम्रो यहि हो आगर्ह दाङ तिर जग्गा बेच्नु पर्यो भने दाङ घडेरी घर जग्गाबिक्री बितरन लाई सम्झनुहोला यकदमा राम्रो सग बिक्री हुन्छ । जङपुरको जग्गा चाहियमा सिधै फनो गर्नुहोला रमेश कुमार वलि मा कल गरेर थप जानकारि लिनु होला कोरना महामारी चलेर यति सस्तो दिन लाग्नु भको हो त्यो ठाउमा 3 लाख परति कठ्ठा चलेको छ धन्नेबाद । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
वर्तमान चीनको राजनैतिक स्वरुपमा ईसाई धर्मलाई बन्देज लगाइन थालेको स्पष्ट देख्न सकिन्छ । सन् २०२० को डिसेम्बर महिनामा सेन्जेन शहरमा बाइबलको अडियो बेचिरहेका ४ जनालाई प्रशासनले पक्राउ गरि गोप्य ट्रायलमा राखेको थियो । सेन्जेनको घटनाले पनि चीनको नेतृत्वले ईसाई धर्मप्रति देखाएको बन्धनकारी नीतीलाई उजागर गरेको हो ।

यसरी आस्थाको आधारमा जबरजस्ती मानव अधिकारका आधारभूत कुराहरु सम्म मिच्दै जाने नीति चाँही राष्ट्रपति सि जिगं पीनको रणनीति भएको मानिन्छ । चीनका सर्वोच्च नेता राष्ट्रपति सि जिगं पीनले आफ्नै हिसाबले समाजवाद र कम्यूनिजमको सैद्धान्तिक आधारशीलामा बाइबल र ईसाई धर्मलाई अल्पव्याख्या गरेको आरोप विश्व समुदायले लगाइरहेको छ ।

सेन्जेन घटनाका ४ जनालाई ५ वर्षको कारागार दिइएको थियो भने अर्का एकजना जस्ले उक्त अडियो बाइबलका संस्करणहरुलाई उत्पादन गरेका थिए, ति व्यक्तिलाई पनि ५ वर्षको कारागार सजाय सुनाइएको थियो । कुरा यतिमात्रमा सिमीत भएन, ति व्यक्तिहरुका परिवारजनलाई प्रशासनले सजाय र कारवाहीका कुराहरु गोप्य राख्न पटक पटक दबाब समेत दिँदै आएको छ ।

यस्ता घटनाहरु पश्चिमा सञ्चार माध्यमहरुमा नआओस भन्ने कुराहरुलाई चीनका शाषकहरुले विशेष ध्यानमा राखेको पाइन्छ । यद्धपी चीनमा यसरी ईसाई धर्मावलम्वीहरु माथी भएका दमनका लज्जास्पद घटनाहरु अमेरिकामा आधारित केहि मिडियाहरुले केन्द्रमा राखेर प्रकाशन गरेका थिए ।

सर्वोच्च कमाण्डरको सिनिसाइजेशन नीतिलाई धेरै ठाँउमा उदृत गरेको पाइन्छ । यस नीति अनुसार चीनमा वसोवास गरेका गैर चाइनीज समुदायलाई चीनको मुलधारको संस्कार, भाषा र रहनसहनमा जबरजस्ती ल्याइनु भन्ने रहेको छ । यस नीति अनुरुप चीनमा रहेका ईसाईहरुलाई घरमै राख्ने, चर्च र पास्चरहरुभन्दा पर राख्ने नीति रहेको पाइन्छ । हजारौं चर्चहरुलाई बन्द गराएर सरकारी कार्यलय बनाइएको या त भत्काएर नष्ट गरिएको छ ।

चीनमा रहेका ईसाई पास्चरहरुलाई धर्म मान्नका लागि समेत लाइसेन्स चाहिने नीति छ । ईसाई धर्मावलम्बीहरुलाई धार्मिल भेला गर्न देखि सामुहिक रुपमा चाडपर्व मनाउन सम्म पूर्व अनुमति लिनुपर्ने प्रावधान छ । यसरी अनुमति लिएपनि चर्चमा धार्मिक सभा र सामुहिक भेला गर्न पाँइदैन, प्रशासनले तोकेको ठाँउमा मात्र यस्ता सभासम्मेलन गर्न पाइन्छ । प्रशासनको यस्तो बन्देजका कारणले चीनका ईसाई समुदायले अनलाइनमा आफूहरुले धर्म त्याग गरेको घोषणा गरुन भन्ने मनसाय रहेको बताइन्छ । ईसाई विरुद्धको चीनको प्रशासनको अहिलेसम्मको सबैभन्दा अभियान चाँही चीनमा बाइबलको बन्देज लगाउने कदम हो ।

चीनमा बाइबल बोकेको आधारमा नै उक्त मान्छेलाई तत्कालै जेल पठाउने प्रावधान छ । यो नियम चीनमा बसोवास गर्नेलाई मात्र लागु नभई त्यहाँ आउने आगन्तुकका लागि पनि लागु हुन्छ । प्रशासनले जारी गरेको लाइसेन्स नभएका पुजारीहरु बाहेक अरु कसैसंग पनि बाइबल बोक्ने अधिकार चीनले दिएको छैन । बाइबल विक्रि गर्न पनि सरकारले तोकेको चर्च अन्र्तगतका पुस्तक पसलहरुमा मात्र पाइन्छ । बाइबलका अडियो प्रतिलीपीहरु बनाउन, पुस्तक मुद्रण गर्न या इन्टरनेटमा प्रकाशन गर्न समेत पनि प्रतिबन्ध छ । चीनको कम्यूनिष्ट पार्टीले जनताहरुलाई ईसाई समुदाय माथि जासुसी गर्न र उनीहरुले कुनै पनि प्रकारले नीति उल्लघंन गरेका छन् या छैनन् भन्ने तथ्य पत्ता लगाउन प्रेरित गरेको छ ।

चर्चका भित्ताहरुमा लेखिएका धार्मिक शब्दावलीहरु पनि मेटाइएको छ । यसको साटो चर्चका भित्ताहरुमा समाजवाद, राष्ट्रियता र कम्यूनिज्मका सिद्धान्त र उदहारणहरु लेखिएका पाइन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्दछ तर चीनको कम्यूनिष्ट पार्टीले बाइबलको नयाँ समाजवादी संस्करणको बिकास गरिरहेको छ । समाजवादका सिद्धान्तसंग मेल नखाने बाइबलका दृष्टान्तहरु हटाएर समाजवादको मुल्य झल्किने बाइबलको नयाँ संस्करणको बिकास चीनमा भइरहेको छ ।

मसिमो इन्ट्रोभिग्ने एक समाजशास्त्रि हुन् जो ईटाली नागरीक हुन् । यिनले पछिल्ला समयमा चीनको प्रशासकहरुको धर्म विरोधी नीतिहरु नजिकबाट नियालीरहेका छन् । संयूक्त अधिराज्यमा आधारित एक चर्च पत्रिका बिटर विन्टरमा यिनले चीनका प्रशासकहरुले आफ्नो सिद्धान्त लाद्नका लागि जिससको छवीको प्रयोग गरिनु निन्दनीय रहेको लेखेका छन् । गत अक्टोबरको संस्करणमा लेखिएको यिनको आलेखमा चीनको कम्यूनिष्ट पार्टी सिसिपीले बाइबलको च्याप्टर ८ मा भएको एउटा उदहारणलाई गलत रुपमा व्याख्या गरिएको लेखेका छन् ।

यस उदहारणमा एकजना परपुरुषगमन गरेकी महिलालाई भिँडले प’त्थर प्र’हार गरेर मा’र्न खो’जेको अवस्थामा जिससले भिँडलाई पहिलो प’त्थर प्र’हार गर्नेले कुनै पाप नगरेको हुनपर्ने बताएको उदहारण छ । यसरी सबैजनाले पाप गरेकाले पहिलो पत्थर कसैले प्र’हार नगरेको र उक्त महिलालाई माफी दिइएको उक्त उदहारणलाई चीनले तो’डमतो’ड गरेर नयाँ र षडयन्त्रपूर्ण बनाइएको बताइएको छ । चीनले बिकास गरेको नयाँ संस्करणको बाइबलमा चाँही सबै भिँडका मान्छेहरु गएपछि जिसस स्वंले उक्त महिलालाई प’त्थर प्र’हार ग’रेर मा’रेको लेखिएको छ । कानुन कायम राख्न पुरुषहरु जिम्मेवार रहेको र पापीहरुलाई सजाय दिएको जिससले बताएको चीनको परिमार्जित बाइबलमा राखिएको मसिमो इन्ट्रोभिग्नेले उल्लेख गरेका छन् ।

राष्ट्रपति सि जिगं पीनले आफ्नो नीति अन्र्तगत उहिगुर र हुई मुसलमानहरुलाई बिस्थापन गरेपछि अब ईसाईहरुलाई निशानामा राखेको बताइन्छ । ६०० वर्ष अगाडि पश्चिमाहरुले चीनको समुन्द्रनटमा टेकेका थिए । वाल स्ट्रिट जर्नलको सन् २०२० को एउटा आलेख अनुसार कल्चरल रिभोल्यूशन पछि करिब ३० लाखको हाराहारीमा रहेको चीनका ईसाईहरु अहिले बढेर १० करोड भएको र त्यसमा थप १ करोड २० लाख क्याथोलीकहरु रहेको तथ्याकं छ । पछिल्लो समयमा हङकङ्गको आन्दोलनमा चीनका ईसाई समुदायले चीनको शाषक विरुद्धमा गरेका कदमहरुका कारणले चीनको नीति ईसाईहरु प्रति थप कडा भएको पाइन्छ


Last Updated on: August 23rd, 2021 at 4:39 pm
८०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया