सोमबार १० आश्विन २०७९

भैरहवा, २८ साउन:

तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न रुपन्देहीमा राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारवार्ही थालिएको हो । रुपन्देहीमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । उक्त दुर्घटनामध्ये अधिकांश बुटवल भैरहवा सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।

‘जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढदै गईरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान सुरु गरेका छौ । पहलो दिन ३२ वटा, दोस्रो दिन ३८ वटा र तेस्रो दिन ४२ सवारीसाधन कारवाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको छ’, प्रमुख केसीले भने ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले सिद्धार्थ राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने सरकारी गाडी, मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेका छन् । ।

‘पहिलो दिन हामीले जिल्लाको विभिन्न ठाँउबाट ३२ वटा सवारीसाधनका चालकलाई कारवाही गरेका छौ, जसमध्ये जसमध्ये २३ वटा चार पांग्रे गाडी, आठवटा मोटरसाइकल र एउटा ई–रिक्सा रहेको छ । त्यस्तै दोस्रो दिन ३८ र तेस्रो दिन ४२ सवारीसाधनलाई ५ सय जरिमानासहित कारवाही गरेका छौ’, केसीले भने ।

रुपन्देहीमा आव २०७८÷०७९मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाले ज्यान गुमाएका छन्। सवारी दुर्घटनाहरूमा धेरै तीब्र गति र चालकको गल्तीका कारण हुने गरेको अनुसन्धानले देखाएको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन् । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं, ट्रिपर हाइवा चेकजाचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारवाही छाडा पशु र सवारीसाधनमा रिफलेक्टर लगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।

काठमाडौँ- काठमाडौँ उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् ।

अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहरजन्य व्यवस्थापन गर्दै आएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले २०७२ सालबाट डेडिकेडेड होस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गरेर अस्पतालको फोहर व्यवस्थापन गर्दै आइरहेको बताए ।

उनका अनुसार अस्पतालको फोहर व्यवस्थापनका लागि सघन उपचार कक्ष सघन उपचार केन्द्र (आइसियु) इन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहरको व्यवस्थापनको जिम्मा तोकिएको छ । अस्पतालले फोहर सङ्कलन गर्ने क्रममा नै वर्गीकरण गरी सङ्कलन गर्ने गरेको छ । सङ्कलन गरेको फोहरलाई अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहरलाई छुट्याइ व्यवस्थापन गरिरहेको अस्पतालका निर्देशक डा रावलले जानकारी दिए ।

“हामी सरुवा रोग अस्पताल भएकोले फोहरलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्दछ”, उनले भने, “मानव अङ्ग र जल्ने खालका फोहरलाई निश्चित् तापक्रममा राखेर जलाउने गर्दछौँ र अरु फोहरलाई निर्मलीकरण गर्दछौँ ।”अस्पतालले प्लास्टिक र सिरिञ्जलाई भने बिक्री गर्दछ । कोरोना महामारीको बेला अस्पताललाई फोहर व्यवस्थापन गर्न चुनौती नै थपिएको उनी बताउछन् ।

“पिपिइ, ग्लोब्स र मास्क कता फाल्ने समस्या प¥यो । अर्को कुुरा अस्पतालबाट निस्केको फोहर सङ्क्रमण फैलाउने भन्ने पनि डर भयो,” उनले भने, “सरसफाइ गर्नेलाई फोहर व्यवस्थापनको तालिम लिएर कसरी समुदायमा सङ्क्रमण फैलिन सक्दैन भनेर दियौँ । सोही अनुसार फोहर व्यवस्थापन गरे ।”

इन्चार्ज देवकोटाले हानिकारक फोहरलाई अटोक्लेप मेसिनबाट खतरामुक्त बनाइ बेच्ने गरेको बताउछन् ।

अस्पतालमा तीन वटा अटोक्लेप मेसिन रहेका छन् । “सुरुमा हानिकारक फोहरलाई अटोक्लेप मेसिनमा राखेर खतरामुक्त बनाउँछौँ”, उनले भने, “फोहर सामान खतरामुक्त भएपछि छुट्यााएर पुनः प्रयोग गर्न मिल्ने बेच्ने गर्दछौँ ।” टेकु अस्पतलामा कोभिड–१९ को महामारीको भने फोहर व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको थियो । पिपिइ, पञ्जा र मास्क जस्ता फोहर व्यवस्थापनका लागि मापदण्ड नहुँदा समस्या परेको उनी बताउछन् ।

सामानलाई त्यतिकै राखेर पछि कोभिड– १९ को फोहर व्यवस्थापन गर्नका लागि मापदण्ड बनेपछि सजिलो भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पनि अस्पतालको फोहर व्यवस्थापन आफै गरेको छ । अस्पतालले फोहर व्यवस्थापन मापदण्डअनुसार अस्पतालमा रहेका फोहर व्यवस्थापन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

अस्पतालले मानिसको काम नलाग्ने अंगलाई जलाउने गर्दछ भने अन्यलाई कुहिने र नकुहिने गरी छुट्टाई व्यवस्थापन गर्ने गरिएको उनको भनाइ रहेको छ । उनले अस्पतालको शय्यादेखि नै कुहिने र नकुहिने फोहर जम्मा गरी व्यवस्थापन गरिँदै आएको बताए ।

उनका अनुसार अस्पतालमा जम्मा भएको फोहरलाई छुट्टै टहरामा राखी निसङ्क्रमणा गरी व्यवस्थापन गरिएको छ । अस्पतालले प्लास्टिक बोतल, सिरिञ्ज जस्ता फोहरलाई ठेकेदारमार्फत व्यवस्थापन गर्दै आइरहेको छ । अस्पतालमा भएका फोहर व्यवस्थापनका लागि १५ जना र अस्पतालभित्र सरसफाइ गर्नका लागि ५० जनाभन्दा बढी कर्मचारी राखिएको छ ।

निजामती कर्मचारी अस्पतालले पनि महानगरको समन्वयमा फोहर व्यवस्थापन गर्दै आएको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाले शय्यादेखि नै कुहिने र नकुहिने छुट्याएर फोहरको व्यवस्थापन गर्ने गरेको बताउँछन् । उनले काठमाडौँ महानगरको फोहरको वर्गिकरण अनुसार फोहर व्यवस्थापन गरेको बताउछन् ।

यसका साथै अस्पतालले मानवअङ्ग र जोखिमजन्य सर्जिकल समानलाई मेसिनमा हालेर प्रदूषित नहुने गरी धुलो बनाएर निष्क्रिय गर्ने गरेको उनी बताउछन् । “जोखिमजन्य फोहरलाई हामीले मेसिनबाट धुलो बनाउँछौँ”, उनले भने, “धुलो भएपछि महानगरसँग समन्वय गरेर त्यो फोहर धुलोलाई व्यवस्थापन गर्दछौँ ।” अस्पतालको फोहर दैनिक लिन महानगरको कन्टेनर अस्पताल आउने गर्दछ ।रासस


Last Updated on: August 13th, 2022 at 11:03 am
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया