सोमबार १० आश्विन २०७९

काठमाडौँ । भारतको एक संसदीय समितिले नेपालसहित विभिन्न देशबाट आउने चियाको गुणस्तरका सम्बन्धमा प्रश्न उठाएपछि नेपाली चिया किसान तथा व्यवसायी चिन्तित बनेका छन् ।

भारतको विधान र लोक सभाले संयुक्त रूपमा गठन गरेको एउटा समितिले नेपालबाट निर्यात हुने चिया कम गुणस्तर भन्ने प्रतिवेदन संसद्मा प्रतिवेदन पेस गरेपछि व्यवसायी चिन्तित बनेका हुन् ।

समितिले निर्यातमा रोक लगाउने आशय देखिएपछि उद्योग व्यवसाय नै धराशायी हुने भन्दै उद्योगी व्यवसायी झस्किएका हुन् । नेपालमा उत्पादन भएको चिया ९० प्रतिशत भारतमा निर्यात हुने गर्छ ।

गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले भारतले नेपालको चियालाई कम गुणस्तरको देखाएर रोक लगाउने सङ्केत गरेको बताउनुभयो । “नेपालको चिया उच्च गुणस्तरको छ । भारतकै प्रयोगशालाबाट परीक्षण गरेर निर्यात गरिरहेका छौँ,” उहाँले भन्नुुभयो, “प्रमाणित नहुने निराधार आरोप लगाएर निर्यातलाई प्रतिबन्ध लगाउन खोजेको खोजिएको छ ।”

अहिले नेपालका विभिन्न १३ जिल्लामा २६ हजार हेक्टर क्षेत्रफलमा चियाखेती हुँदै आएको छ । नेपालबाट वार्षिक करिब चार अर्बको चिया निर्यात हुने गरेको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाए चिया उद्योग व्यवसाय बन्द भई किसान प्रत्यक्ष मारमा पर्ने रहेको व्यवसायीको भनाइ छ ।

त्यति मात्र हैन भारतले रोक लगाउँदा नेपालबाट भारतबाहेक अन्य देशमा हुने चिया निर्यातमा समेत समस्या पर्ने व्यवसायीले बताएका छन् । नेपालको चियाले भारतीय बजारमा राम्रो उपस्थिति जनाएपछि कम गुणस्तर देखाएर निर्यात बन्द गर्ने सङ्केत देखिएको चापागाईंको भनाइ छ ।

चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले भारतले निर्यातमा प्रतिबन्ध लगाउने गरी कम गुणस्तरको देखाएर संसद्मा प्रतिवेदन पेस गरेको बताउनुभयो । “भारतकै प्रयोगशालामा परीक्षण गर्दा नेपालको चिया उच्च गुणस्तरको देखिएको छ ।

याे खबर गाेरखापत्र दैनिकमा छ ।

दैलेख : प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननपछि नेपालको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन्। दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि आवश्यक कामहरू भइरहेको सांसद शर्माको भनाइ छ।

शुक्रबारर पत्रकार डेकेन्द्रराज थापाको १८ औँ स्मृति दिवसको अवसरमा आयोजित दैलेखको समृद्धि र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा सांसद शर्माले दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको उल्लेख गरे। नेपाल पत्रकार महासंघद्वारा आयोजित उक्त कार्यक्रममा सांसद शर्माले जिल्लाको विकास र समृद्धिका लागि सम्भावनाहरूको खोजी गरिनुपर्ने बताए।

नेकपा एमाले दैलेखका अध्यक्षसमेत रहेका शर्माले जिल्लाको समग्र विकासका लागि पहिला पूर्वाधार विकास अनिवार्य रहेको औल्याए। जिल्लामा विभिन्न ठूला राष्ट्रिय गौरबका आयोजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्दै सांसद शर्माले ती आयोजनाहरू निर्माणमा सुस्तता स्वीकार्य नहुने बताए।

जिल्लामा पूर्वाधार विकासका लागि आएको बजेट कार्यान्वयन हुन नसक्नुको पछाडि निर्माण व्यवसायी पनि कारकतत्व रहेको सांसद शर्माले बताए। उनले आफू २०५४ मा नारायण नगरपालिकाको मेयर हुँदा पहिलो पटक नारायण क्याम्पस स्थापना गरेको बताउँदै अहिलेसम्म जिल्लाभर पाँचवटा क्याम्पस स्थापना भइसकेको बताए। ती क्याम्पससहित अन्य सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न आफू तल्लिन रहने उनको भनाइ छ। उनले जिल्लामा किसानका लागि बाँडिएको भैसी, बाख्रा तथा बंगुर खरिदमा अनियमितता भएको आशंका व्यक्त गरे।

अर्को प्रसंगमा सांसद शर्माले पत्रकार डेकेन्द्रराज थापा अभिभावकत्व लिनसक्ने क्षमता भएको व्यक्ति रहेको बताए। उनले पत्रकार थापाको हत्यामा संलग्न दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्ने औल्याए। स्मृति दिवसको अवसरमा शुक्रबार बिहान दैलेख सदरमुकामस्थित डेकेन्द्र चोकमा रहेको पत्रकार थापाको शालिकमा माल्यारोपण गरिएको थियो।

पत्रकार थापाको हत्या भएको १८ वर्ष पुग्यो

पत्रकार थापाको हत्या भएको १८ वर्ष पुगेको छ। पत्रकार थापालाई २०६१ साउन २७ गते नौमुलेको द्धारीमा तत्कालीन माओवादी कार्यकर्ताहरूले हत्या गरेका थिए। २०६१ असार १२ गते अपहरण गरी डेढ महिनापछि २०६१ साउन २७ गते तत्कालीन नेकपा माओवादीद्वारा प्रेस विज्ञप्ति जारी भएपछि पत्रकार थापाको हत्या गरेको घटना सार्वजनिक भएको थियो।

मरणासन्न हुने गरी कुटेपछि जिउँदै खाल्डोमा गाडेर हत्या गरेको चार वर्षपछि पत्रकार थापाको अस्थिपंजर फेला परेको थियो। थापाको शव गाडिएको ठाउँ नौमूले गाउँपालिका-३ द्धारीबाट कंकाल निकाली दाहसंस्कारसँगै २०६५ भदौ १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिइएको थियो।

न्याय प्राप्तीका लागि त्यसबेलादेखि हालसम्म नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संस्थाहरूले निरन्तर संघर्ष गरिरहेका छन्। थापाको हत्या भएको १८ वर्ष बितिसक्दा समेत हत्यामा संलग्न मुख्य दोषिहरू अझै पक्राउ पर्न नसकेको नेपाल पत्रकार महसंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए। स्थानीय प्रशासनको वेवास्ताका कारण न्यायालयले गरेको फैसलासँग जोडिएका मुख्य अभियुक्त अहिलेसम्म फरारको सूचीमा हुनु दुःखद् भएको बताए।

उनले थापाको हत्यामा संग्लनमध्येका मुख्य अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीमा लैजानुपर्ने माग गरे। मुख्य अभियुक्तलाई पक्राउ नगरिए दैलेखका पत्रकार पुनः आन्दोलन गर्न बाध्य हुने अध्यक्ष थापाको भनाइ छ। पत्रकार थापाको हत्या गरेको १८ वर्ष पुग्दापनि हत्यामा संलग्न मुख्य अभियुक्तसहित तीनजना अझै दैलेख प्रहरीको फरार सूचीमा छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नरेश विकका अनुसार मुक्ति भन्ने बमबहादुर खड्का, भक्तिराम लामिछाने र केशव खड्का फरारको सूचीमा छन्।

 


Last Updated on: August 13th, 2022 at 12:16 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया