सोमबार १० आश्विन २०७९

काठमाडौं २९ साउन । काठमाडौं महानगरले अन्तत बल प्रयोग गरेर नै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ ।

स्थानीयको अवरोध पछि काठमाडौंको फोहोर व्यवस्थापन हुन सकेको थिएन । यति बेला बञ्चरेडाँडा ल्याण्डफिल साइटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको छ ।

यस भन्दा अघि फोहोर बोकेको १४ गाडीमाथि तोडफोड भएको थियो । त्यसपछि महानगरले बञ्चरेडाँडामा प्रहरीको उपस्थिति बढाएको छ ।

अब काठमाडौं महानगरपालिकाले दैनिक २ सय ५० देखि ३ सय ५० फोहोरको गाडी बञ्चरेडाँडामा पठाउने तयारी गरेको मेयर बालेन्द्र साहले जानकारी दिएका छन्।

जिल्लामा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ ।

विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ । प्रसारणको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीले जानकारी दिए। उनका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ । विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा छ ।

लागत खर्च रु एक अर्ब ३० करोड रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनालाई आगामी मङ्सिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको सहायक प्रबन्धक क्षेत्रीले बताए । बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । उनले मङ्सिर मसान्तभित्र आयोजनाको काम सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम गरिरहेको बताए ।

रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमका धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले पूर्णता पायो भने रुकुमपूर्व जिल्लासँगै रुकुमपश्चिममा पनि विद्युत् सेवा नियमित हुनेमा आफू आशावादी रहेको सिस्ने गाउँपालिका–५ का टीका पुन शाहले बताए । रासस

नयाँ नयाँ प्रयोग तथा अबिष्कारका लागि चिन एकदमै अगाडी रहेको छ । कहिले कृतिम सुर्य निर्माण गरेर होस् या रकेट प्रक्षेपण गरेर । बिश्वका मानिसहरुको ध्यान खिच्न सफल भई नै रहेको हुन्छ । अब अहिले आएर अन्तरिक्ष बाट पृथ्वीमा बिजुली पठाउने कार्यमा जुटिरहेको छ । यसैक्रममा चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ ।

यो अत्यन्तै महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिने बताईएको छ । यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका र बेलायतलाई चित खेलाउने योजनामा लागि परेको छ । यो परियोजनालाई चीनले चार चरणमा पूरा गर्ने तयारी थालेको छ । यदि यो परियोजना सफलता पुर्वक सम्पन्न भएको खण्डमा चिनले नयाँ चमत्कार गर्नेछ ।

अन्तरीक्षबाट सोझै पृथ्वीमा बिजुली पठाउन सक्नेछ । यो परियोजनाका लागि पृथ्वी देखी ४ सय किलोमिटर माथिबाट बिनातार पावर ट्रान्समिसनको प्रयोग गरिनेछ । दुई दशकअघि नै नासाले पहिलो यस्तै प्रकारको उर्जा परियोजनाको प्रस्ताव राखेको थियो, तर त्यस विषयमा काम सुरु गरेको थिएन । जसलाई चीनले पुरा गर्ने योजनाका साथ अघि बढेको हो । बेलायतले पनि सन् २०३५ सम्ममा अन्तरीक्षमा १६अर्ब पाउण्ड खर्च गरी सोलार पावर प्लान्ट निर्माण गर्ने योजना बनाएको छ ।

त्यस विषयमा बेलायतले अध्ययन सुरु गरिसकेको अवस्थामा त्यो भन्दा अगाडी नै चीनले यसलाई पुरा गर्न लागेको हो ।यस परियोजनाका अनुसार स्याटेलाइट तथा सौर्य उर्जालाई माइक्रोवेभ तथा लेजरमा परिणत गरिनेछ र ऊर्जा तरंगलाई पृथ्वीमा अलग अलग ठाउँ तथा गतिमान स्याटेलाइट सम्म पठाइनेछ ।


Last Updated on: August 14th, 2022 at 2:16 pm
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया