सोमबार १० आश्विन २०७९

काठमाडौँ ।

कुमारी आमा निहारिका राजपुतलाई छोरी बनाएर पाल्छु भन्दै एक समय कस्सिएकी नायिका करिश्मा मानन्धरले अहिले आएर उनको साथ छाडेकी छिन् ।

दोस्रो पटक आमरण अनशनमा रहेकी निहारिका राजपूतका तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै करिश्माले साथ छाडेको उल्लेख गरेकी छिन् ।

करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध देख्न सकिन्छ । करिश्माले यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क गर्दै निहारिका गर्भवती हुनुभन्दा अगाडीका, गर्भ बोकेको अवस्थाका र रमाइरहेको अवस्थाका तस्विरहरु अपलोड गरेकी छिन् ।

निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको कुरामा करिश्माले जोड दिएकी छिन् । करिश्माले तस्विरसहित सामाजिक संजालमा लेखेकी छिन् ‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाँको सहयोग गर्न म सक्दिन ।

निहारिकाको सडकको बिजोग हेर्न नसकेर अगाडि बढे १ निहारिका १ आमा, बुवासँग माफी माग । बच्चालाई असर पर्छ, तिम्रो जीवनमा असर पर्छ । आफूलाई दुख नदेऊ ।

कत्ति नावालिग जो साँच्चिकै पीडित छन् उनीहरूको मुद्दामा असर पर्छ । राज्य, न्यायपालिकाले यो केसको गहिरो छानबिन गरोस् । म भ्रममा परेको हुँ कि रु तर सधैँ सत्य को साथमा छु । यो सब हेरे पछि के गरूँ म ? ‘

नयाँ नयाँ प्रयोग तथा अबिष्कारका लागि चिन एकदमै अगाडी रहेको छ । कहिले कृतिम सुर्य निर्माण गरेर होस् या रकेट प्रक्षेपण गरेर । बिश्वका मानिसहरुको ध्यान खिच्न सफल भई नै रहेको हुन्छ । अब अहिले आएर अन्तरिक्ष बाट पृथ्वीमा बिजुली पठाउने कार्यमा जुटिरहेको छ । यसैक्रममा चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ ।

यो अत्यन्तै महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिने बताईएको छ । यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका र बेलायतलाई चित खेलाउने योजनामा लागि परेको छ । यो परियोजनालाई चीनले चार चरणमा पूरा गर्ने तयारी थालेको छ । यदि यो परियोजना सफलता पुर्वक सम्पन्न भएको खण्डमा चिनले नयाँ चमत्कार गर्नेछ ।

अन्तरीक्षबाट सोझै पृथ्वीमा बिजुली पठाउन सक्नेछ । यो परियोजनाका लागि पृथ्वी देखी ४ सय किलोमिटर माथिबाट बिनातार पावर ट्रान्समिसनको प्रयोग गरिनेछ । दुई दशकअघि नै नासाले पहिलो यस्तै प्रकारको उर्जा परियोजनाको प्रस्ताव राखेको थियो, तर त्यस विषयमा काम सुरु गरेको थिएन । जसलाई चीनले पुरा गर्ने योजनाका साथ अघि बढेको हो । बेलायतले पनि सन् २०३५ सम्ममा अन्तरीक्षमा १६अर्ब पाउण्ड खर्च गरी सोलार पावर प्लान्ट निर्माण गर्ने योजना बनाएको छ ।

त्यस विषयमा बेलायतले अध्ययन सुरु गरिसकेको अवस्थामा त्यो भन्दा अगाडी नै चीनले यसलाई पुरा गर्न लागेको हो ।यस परियोजनाका अनुसार स्याटेलाइट तथा सौर्य उर्जालाई माइक्रोवेभ तथा लेजरमा परिणत गरिनेछ र ऊर्जा तरंगलाई पृथ्वीमा अलग अलग ठाउँ तथा गतिमान स्याटेलाइट सम्म पठाइनेछ ।

जिल्लामा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ ।

विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ । प्रसारणको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीले जानकारी दिए। उनका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ । विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा छ ।

लागत खर्च रु एक अर्ब ३० करोड रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनालाई आगामी मङ्सिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको सहायक प्रबन्धक क्षेत्रीले बताए । बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । उनले मङ्सिर मसान्तभित्र आयोजनाको काम सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम गरिरहेको बताए ।

रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुमपश्चिमका धैरेनीचौरमा रहेको सबस्टेशनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले पूर्णता पायो भने रुकुमपूर्व जिल्लासँगै रुकुमपश्चिममा पनि विद्युत् सेवा नियमित हुनेमा आफू आशावादी रहेको सिस्ने गाउँपालिका–५ का टीका पुन शाहले बताए । रासस


Last Updated on: August 14th, 2022 at 2:19 pm
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया