सोमबार १८ मंसिर २०८०

राउटे समुदायका दुई युवती माथि भएको घटना पछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बाह्य व्यक्तिहरुलाई राउटे समुदायमा जान रोक लगाएको थियो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

राउटे समुदायका युवतीहरुमाथि भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको थियो तर । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जान रोक लगाएको उनले बताए । राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि जथाभावी हिड्न नदिने गरी सुरक्षाकर्मी समेत खटाइएको उनले जानकारी दिएका थिए ।

उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्रहरी खटाइएको उनले बताएका थिए । पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्। सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रोक लगाएको रिजालले जानकारी दिए ।

राउटेहरुको आफ्नै नियम कानुन हुने र त्यो निकै कडा हुने भएकाले युवतीहरुको ज्यान जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । यस अघि पनि ति युवतीहरु नजर बन्दमा परिसकेका कारण उनीहरुको ज्यान थप जोखिममा देखिएको थियो ।


Last Updated on: June 11th, 2021 at 7:13 pm
५८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया