आइतबार १७ मंसिर २०८०

राउटेलाई चुम्बन गर्ने रेखाले राउटे महिलामाथि भएको पीडामा किन बोलिनन् ?
June 11, 2021 97
47
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नायिका रेखा थापाले सुर्खेतमा राउटे समुदायबिच राहत बाँड्ने क्रममा एक पुरुष राउटेलाई चुम्बन गरिन् । उक्त तस्बिर सामाजिक संजालमा निकै चर्चामा आयो । रेखाले राउटेलाई चुम्बन गरेपछि राउटेहरु रेखासँग रिसाएको खबरहरु पनि आए । जवाफमा रेखाले आफूहरुलाई राउटे समुदायले निकै माया गरेको र उनीहरुको कुल पुजामा समेत आफूलाई समावेश गरेको भन्दै राउटेहरु नरिसाएको बताइन् । यता, रेखाले दिएको चामल र नगद समेत राउटेले रिसाएर लिन नमानेको खबर आएको थियो । बाहिरको महिला, पुरुषले वा राउटेहरुमध्यकै महिला, पुरुषले आफ्नो समुदाय भन्दा बाहिरका मानिसहरुसँग नजिकिएर चुम्बन जस्ता कार्य गर्नु उनीहरुको रितिरिवाजले दिदैँन । जे होस्, रेखाले चुम्बन गरेर उनीहरुप्रतिको माया देखाइन् । तर, ७ वर्ष अघिको त्यो माया देखावटि थियो कि वास्तविक भन्ने प्रश्न खडा भएको छ । रेखा र राउटेबिच के भएको थियो, भिडियो समाचारको अन्तिममा छ ।

अहिले सामाजिक संजाल लगायत संचारमाध्यममा राउटे समुदायका सदस्यमाथि भएको एक घट्नामा रेखा मौन बसेकि छिन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटमा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि स्थानीय तीन युवाहरूले यौन दुव्र्यवहार गरेको घट्ना भाइरल भइरहेको छ । उनीहरूले दुव्र्यवहार मात्रै गरेनन्, ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे । युवतीहरूलाई मदिरा सेवन गराएर होटलमा लगि यौन दुव्र्यवहार गरेको भिडियो भाइरल भएको भोलिपल्ट आइतबार प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ । राउटे महिलाहरुको ज्याननै जाखिम रहेको समेत मानवअधिकार आयोगले बताइरहेको छ । रेखा भने यी सबै विषयमा चुपचाप देखिएकि छिन् । उनी एक नायिका हुन् । उनले आवाज उठाउनैपर्छ भन्ने पनि छैन । राज्यको सम्बन्धित अंगले यसको अनुसन्धान र यसबाट सिर्जित समस्याको समाधान गर्नेनैछ । तर, जुन तरिकाले सात वर्षअघि राउटेलाई अंगाल्दै चुम्बन गर्ने रेखाले अहिले भने केहि नबोल्दा देखावटि रुपको संकेत देखिएको छ ।

अहिले समग्र राउटे समुदाय पिडामा छ । पिडक प्रहरीको नियन्त्रणमा छन् । उनीहरुलाई आवश्यक कार्वाही हुनेनै छ र हुनैपर्छ । तर, रेखाले यी सबै परिवेशलाई मध्यनजर गरेर राउटे समुदायको पक्षमा आवाज उठाउनुपर्ने थियो । किनभने, राउटेहरु त्यहि हुन् जसले रेखालाई कुल पुजामा समेत समावेश गरेका थिए । रेखाले राउटे महिलामाथि भएको यौनहिंसाका बारेमा न त मिडियामा बोलेकि छिन् न त सामाजिक संजालमा नै । रेखाको देखावटि चरित्र भन्दै केहि दर्शकले गुनासो गरेका छन् । रेखालाई राउटेको माया भएकै भए आज राउटेको पीडामा उनीहरुलाई साथ र सहयोग गर्नतर्फ केन्द्रित हुनुपथ्र्यो । जे होस्, राउट महिलालाई कुनै पनि तनाब हुन नदिन सम्बन्धित पक्षले अग्रसरता देखाउन आवश्यक छ ।

रेखाले चुम्बन गरेपछि फेसबुकमा यस्तो लेखेकि थिइन्: ‘राउटेको आँगनमा पुगेँ, तब मेरो शरीरमा एक प्रकारको ऊत्साह पैदा भयो । फाउन्डेशनको सुरुवात अवस्थामा जुन मेरो सोचाई र बुझाई थियो, तर जब मैले प्रत्यक्ष देखेँ र बुझेँ मैले सुनेको भन्दा घेरै फरक पाएँ । म २१औँ शताब्दीको एउटा विकसित मानव र २१ औँ शताब्दीकै र सुर्खेत शहरको छेउमै रहेर पनि अविकसित मानव जातिबीचको आकाश र धर्ती बिचको जस्तै लाग्ने त्यों अतुलनिय भिन्नता देख्दा मेरो मन भित्री ह्रदय देखीनै रोएर आयो। फाऊण्डेशन को सुरूवाती अवस्थामा राउटे जातीको उत्थानको लागी म केही योगदान गर्छु भन्ने मनमा चाहना मात्र थियो भने हिजोवाट यो मेरो सपना संकल्पमा परिणत भएको छ ।

यो मेरो भाग्य मान्नुपर्छ जुनदिन म राउटे जातीको वस्तीमा छिरेकी थिएँ सोहीदिन संयोगले उहाँहरूको कुलपूजा गर्ने दिन रहेछ । पहिला त मेरो फाउन्डेशनका सदस्यलाई उक्त वस्तीमा प्रवेश गर्न वाट बञ्चित गरिएछ । म उक्त स्थानमा पुग्ना साथ म लगायतको टीमलाई दैवि शक्तिले बवरदान दिए झैँ लाग्ने गरी उहाँहरुको बस्तीमा सम्मान सहित छिर्ने अवसर मिल्यो । उहाँहरूको पुजा हेर्न लाई सालदेखी प्रतिक्षारत गाउँलेलाई पनि प्रवेश नदिई मलाई त्यो अवसर दिएकोमा स्थानियहरु पनि चकित भएको कुरा थाहा पाउँदा म छक्क परेँ। यो पल मेरो जीवनकै उपलब्धि भएको कुरा मैले महसुश गरेकी छु । अझ सुखद कुरा त के भने, हरेक वर्ष मनाईने ऊहाँहरुको कुल पुजा भएकै दिन मेरो फाउन्डेसनले प्रवेश पाउनु राम्रो हुने सुरुवातको संकेत हो भन्ने मैले ठानेकी छु ।

राउटे समूह को दयनिय अवस्थाको समाधान बुझ्ने क्रममा अनायासै म मा के भावना उत्पन्न भएर आयो र मैले मेरो नजिक उभिरहनु भएका राउटे दाईलाई उहाँको गालामा माया र सम्मानको किस गरेँ र त्यो किन गरे म त्यो शब्द मा लेख्न सक्दिन, जो मानिससँग त्यो भावना बुझ्न सक्ने मन छ उसलाई मैले बुझाई रहनु पर्दैन जस्तो मलाई लाग्छ । अझै मलाई उहाहरुले राउटे समूह को छोरि र सदस्य बनाएर जुन माया र सम्मान दिएको मा म आफुलाई धेरैनै भाग्यवानी मानिस रहेछु भन्ने महसुश भएको छ । हिजो को दिनबाट मैले सुदुरपश्चिममा मेरो नयाँ परिवार पाएकी छु । मेरो बा, आमा, दाजु, भाइ, दिदि, बहिनिहरु र त्यो मेरो परिवार लाई अब कसरी राम्रो गर्ने भन्ने मेरो जीवनको अति नै महत्वपूर्ण जिम्मेवारी हो र त्यो म पूर्णरुपमा अन्तरआत्मा बाट पुरा गर्ने छु ।

अन्त्यमा रोचक कुरा त के छ भने, एउटा राउटे दाईले त मलाई चिन्ने पो रहेछ भन्या !! उहाँले मेरो फिल्म सुर्खेतमा गएर हेर्नु भएको थियो रे तर फिल्म को नाम चाहीँ भुल्नु भएछ र पनि म त्यो पल धरै नै खुसि भए र म कलाकार भएको मा निकै गर्भ महसुश भएर आयो। मेरा लाखौ शुभचिन्तकहरु मध्ये त्यो राउटे दाई आज मेरो लागी करोडौ शुभचिन्तकहरु बराबर थिए । अन्तमा ‘झिम झिम सानु नझिम्काउ परेली भुतुक्कै हुन्छु म’ बोलको गीत उहाँहरुले गाउनु भयो र हामी सबै परिवारसँगै नाचेर फेरि चाँडै भेट्ने र वाचा का साथ आएका छौँ ।’


Last Updated on: June 11th, 2021 at 7:53 pm
६१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया