मंगलबार ०२ कार्तिक २०७८

चौध वर्ष ्अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँ’डिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ ।

अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने म’र्ने वाचा गरेका थिए । ‘एक मुठी सास र एक थोपा र’गत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन् । भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए । विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो । काठमाडौँको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना च’कना’चुर बन्यो ।

उहाँ अहिले डेढ महिनाको सुत्केरी हुनुहुन्छ । ज्याला मजदूरी गर्नसक्ने अवस्थामा हुनुहुन्न । बाह्र वर्षकी जेठी छोरी सुमित्रालाई आमाको स्याहार गर्न मुस्किल छ । आर्थिक र पारिवारिक समस्याले चार पढेकी सुमित्राको पढाइ टुटेको छ । उहाँका घरमा खानेकुरा भए त छिमेकीले पकाइदिन्थे, तर मजदूरी नहुँदा अन्नको जोहो हुन सकेको छैन । मनकारीसँग विनिता आँखा रसाउँदै याचना गर्नुहुन्छ, “सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ, सहयोगीले दुई–चार महिना सहयोग गरिदिए हुन्थ्यो ।”

विनितालाई श्रीमान्को ती बाचाले पोल्छ । श्रीमान् आफैँ एक्लै भागेका भए पनि उनलाई धेरै पी’डा हुँदैनथियो । खोजीका लागि हा’रगु’हार गर्नुहुन्थ्यो । विनिताले श्रीमान्लाई अर्काकी श्रीमती लिएर भा’गेको आरोप लगाउनुभएको छ । नजिकै बस्ने आफ्नै देउरानी अस्मिता आएर बेलाबेलामा खाना पकाउन सहयोग गर्नुहुन्छ । “आफ्नो भनौदाले त छाडेर गयो अर्काले यसरी कति दिन सहयोग गर्लान् र”, मन भक्कानो पार्दै विनिता भन्नुहुन्छ, “छाँ’गाबाट ख’सेजस्तो भएकी छु ।”

बिहीबार उहाँको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पी’डा कम गराउन छिमेकीले साथ दिइरहेका थिए । गएको असारदेखि मासिक चार हजार घर भाडा तिरेको छैन । पसलबाट सामान ल्याएको उधारा तिर्न बाँकी नै छ । विगतमा श्रीमानले कमाएको पैसा म ‘दि’रा खा’ए’र स’क्ने गरेको विनिता सुनाउनुहुन्छ । विलखबन्दमा परेकी विनितालाई आजकाल दैनिक गर्जाे टार्न धौधौ भएको छ ।

सुत्केरी श्रीमती छाडेर हिँडेका श्रीमान्को आजसम्म अत्तोपत्तो छैन । उहाँका अनुसार त्यो दिन इलाममा बस्ने दिदीको घर जान्छु भनी बहाना बनाए घरबाट हिँडेका थिए । बीचमा फोन सम्पर्क हुँदा सप्तरीमा फागुन २८ मा साथीको बिहे छ, त्यो बिहे सकाएर जान्छु भनेको विनिता सुनाउनुहुन्छ । त्यसदिन छिमेकी एक व्यक्तिले देवकुमारले मेरी श्रीमती भगाएर लग्यो भनेर आफूसँग कुरा गर्न आएको सुनाउने विनिता पनि केटी लिएर भागेको दोहो¥याउनुहुन्छ ।

ती व्यक्तिले पनि श्रीमती खोजी पाउँ भनेर काँडाघारी प्रहरीमा उजुरी दिएको छ । विनिताले केटी लग्यो भनेर उजुरी हाले छिट्टै आउनुस् भनेर श्रीमानलाई सप्तरीबाट फर्कन आग्ह गनुृभयो । फागुन २९ गते बिहान घर हिँडे भनेर जानकारी दिएको मान्छे त्यसदिन पछि मोबाइल बन्द भएको विनिताले सुनाउनुहुन्छ ।

देवकुमार घर बनाउने मिस्त्री हुन् । विनिता गार्मेन्टको काम गर्नुहुन्थ्यो । दुवैले चौध वर्षसम्म सँगै सङ्घर्ष गरे । दुवै कहिले काठमाडौँ त कहिले भारत गई काम गरेर जीवन गुजारा गरे । केही सीप नलागेपछि धेरै कमाउने आशा बोकेर उनले श्रीमान्लाई विसं २०७२ मा मलेसिया पठाउनुभयो । त्यहाँ पनि कमाई नभएपछि एक वर्षमै फर्किएको र विदेसिँदा लागेको ऋण पछि मजदूरी गरेर तिरेको उहाँ बताउनुहुन्छ ।

कमाइ नभए पनि दुवैले काम गर्दा परिवार राम्रै थियो । गत सालको बन्दाबन्दीपछि भने उहाँको दुःखका दिन शुरु भए । काम गर्ने ठाउँमा मजदुरी गर्ने एक महिलासँग हिमचिम बढेको विनिता बताउनुहुन्छ । उहाँका अनुसार गएको मङ्सिरपछि भने घरमा नआउने, बाहिरबाहिरै बस्ने गर्न थाले ।

अर्की महिलासँगको ल’सप’स चाल पाएपछि घर परिवारबाट छुटाउने प्रयास धेरै पटक भएको उहाँ सुनाउनुहुन्छ । दुवैलाई राखेर छलफल गराउँदा सुध्रने प्रतिबद्धता पनि आएको छिमेकी (विनिताकी देउरानी) अस्मिता भुजेल बताउनुहुन्छ । उहाँ पनि त्यही महिला लिएर भागेको जिकिर गर्नुहुन्छ । फागुन २० गते २१ दिने सुत्केरीलाई अलपत्र पारी उनी हराएका छन् । अहिले विनिताले पनि प्रहरीमा श्रीमान्को खोजी गरी पाउँ भनेर निवेदन दिनुभएको छ । मोबाइल बन्द भएकाले खोजी गर्न नसकिएको प्रहरी बताउँछन् ।

प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठ दुवै परिवारको तर्फबाट हराएकाले खोजी गरी पाउँ भनेर निवेदन परेकाले खोजी जारी रहेको बताउनुहुन्छ । घटनामा उनीहरु संलग्न भएनभएको भने फेला परेपछि मात्रै थाहा हुने उहाँको बनाइ छ । अशिक्षा, पुरुषको स्त्रीप्रतिको आशक्ति, महिलाप्रति हुने हेय व्यवहार, पुरानो सामाजिक मूल्य मान्यताका कारण कानूनमा क’डाइ गरे पनि समाजमा अर्काे लिएर भाग्ने क्रम रोकिएको छैन ।

यौ ‘नाश’क्ति, आर्थिक समस्या र मानसिकरुपमै मानवीय कमजोरीका कारण यस्ता समस्या निम्तिने मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना बताउनुहुन्छ । उहाँका अनुसार केही महिलाले अर्को महिलाको पी’डा बुझ्नुभन्दा पनि विवाहोत्तर सम्बन्धका घटना हुने गरेको छ ।

प्रहरी प्रधान कार्यालका अनुसार घरमा श्रीमती हुँदाहुँदै अर्काे महिला भगाएको भनेर बेलाबेलमा उजुरी आइरहेको छ । मुलुकी अ’परा’ध सं’हिता २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र यसरी विवाह भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु दश हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो विवाह स्वतः बदर हुने कानूनी व्यवस्थासमेत रहेको छ ।

यो पनि पढ्नुहोस

एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?

जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।

कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

विवाह गर्नैपर्छ त

न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।

त्यसो भए विवाह गर्नैपर्छ त

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह बन्धन कि बाध्यता

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुखको कुरा

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट


Last Updated on: August 18th, 2021 at 7:24 pm
५४५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया