शुक्रबार १९ जेठ २०८०

युद्धबहादुर बोहोरा, घुर्बिसे पञ्चमी । ढकमक्क फुलिरहेका लालिगुराँस र कतै कतै सेतो गुराँसहरु चैतखरखबैशाखमा देखिन्छ। वरिपरि मगमग सुगन्धले भरिएको सेतो फुल्ने चाप, चुत्रो र रङ्ग बनिने बनस्पतिका दृश्यका साथमा रमणीय बस्तीहरुले सजिसजाउ भएको पुर्वमा इलाम फाकफोकथुम ४ फुएतप्पा, दक्षिणी पाँचथरको मिक्लाजुङ ४, रबि बजार, पश्चिम पाँचथरका सुन्दर गाउँहरु वलने, आरुबोटे, दशमी र उत्तरमा सप्तमी बजार र साराङडाँडा जस्त ठाँउहरुको संगम स्थल हो बेहुली ढुंगा । जुन रबि बजार देखि २ कि मि उत्तरी भाग महाभारत डाँडामा अवस्थित थामडाँडा हो। यसै ठाँउमा प्रसिद्ध बेहुलीढुंगा छ ।

प्राचिन किम्वदन्ती अनुसार बेहुलीलाई अन्माएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा जाँदै गर्दा बेहुलीलाई थामडाँडामा आइपुगे पछि पिसाब लागेकाले उनी पाखा गईन, तर केही समयमा पनि बेहुली फर्किनन्। बेहुलीलाई यताउता सबै ठाँउ खोजी हुँदा कहि कतै भेटिएन त्यहीँ विलिन भइन।

बेहुला, जन्ती र घरगाउले सबैले खोजे पछि बेहुलीलाई २/३ दिन पछि भेटियो तर निर्जीव रुपमा एक शिलापत्थरको आकारमा बदलिसकेकी थिईन महिला पुर्व तर्फ घोप्टो परेर बसे जस्तो अवस्थामा पाइयो। यसै किम्वदन्तीका आधारमा यही (शिला) ढुंगालाई बेहुलीको रूपमा मान्ने गरिन्छ । उनको निर्जीव अनि अज्ञात पीडाबारे कसैलाई थाहा नभएको र बेहुलीको आँखाबाट अविरल निक्लेको आँसुजल भौतारिदै जाँदा हाल पाँचथर तर्फ बग्ने नुवाखोलाको उत्पति भएको हो भन्ने परम्परागत विश्वास पाइन्छ । यो नदि तम्मोर नदिमा मिसिएको छ।

बेहुली ढुंगाको दर्शन गर्न आउँदा मानिसहरुले बेहुली घुम्टो, माला, चुरा, श्रृङ्गारका सामान र महिलाले प्रयोग गर्ने बस्त्र पनि चढाउने चलन छ । यहाँ दर्शन गर्नाले चिताएको पुग्ने, ग्रह दशा अन्त्य हुने,आत्मा शान्ति मिल्ने,सत्य तर्फ मन जाने, सद्बुद्धि आउने आदि धार्मिक आस्था रहेको छ ।

कुनै युवा युवतीको विवाह गर्न खोज्दा एक अर्काले चाहे जस्तो वर बधु नपाइएमा र बालबच्चा नहुने दम्पतिले पनि यस स्थलमा आइ माग गर्ने चलन छ । केही समय पहिला यस ठाँउमा एकादशी तिथिको दिन मेलाबजार पनि लाग्ने गरेको स्थानीय सप्तमि बासी पुर्णबहादुर राइ बताउनु हुन्छ।

बेहुलीढुंगा अवस्थित थामडाँडा पुग्दा प्रकृतिका अनेकौं सुन्दर र आकर्षक अग्ला डाँडाकाँडा सहित मनमोहक दृश्य अवलोकन गर्न सकिने जस्ले कयौंको मन लोभ्यएरै छोड्छ बर्णन गरेर साध्यै छैन।पर्यटकीय गन्तव्य बन्न सक्ने धार्मिक तिर्थ स्थलको प्रचार प्रसार अधि बढाई बेहुली ढुंगाको महिमालाई कदर गर्नु पर्ने स्थानीयको माग छ।


Last Updated on: June 11th, 2021 at 7:27 pm
४९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया