मंगलबार २३ जेठ २०८०

उपचार पाएपछि निशाको अनुहारमा देखिन थाल्यो छुट्टै चमक
June 11, 2021 48
नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन म’रणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ । जस्मा उनी मन्द मुस्कुराईरहेको महसुस गर्न सकिन्छ ।

भोजपुरी फिल्म मधेसी पुत्र २ का साथमा डियर जिन्दगीलगायतका केही टेलिसिरियलकी अभिनेत्री तथा काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निस्ठुरीको फोटोजस्ता करिब दुई दर्जन म्युजिक भिडियोकी मोडल निशाको सानैदेखि कलाकारितामार्फत नाम कमाउने सोच थियो।

कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रेसपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्ष भैसक्यो ।

हिजो बिहीबार बिहान उनको उद्धार गरिएको हो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ ।

शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । पुरानै अवस्थामा फर्किन नसकेपनी आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म हुने चिकित्सकहरुले अपेक्षा गरेका छन् ।नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन म’रणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ । जस्मा उनी मन्द मुस्कुराईरहेको महसुस गर्न सकिन्छ ।

भोजपुरी फिल्म मधेसी पुत्र २ का साथमा डियर जिन्दगीलगायतका केही टेलिसिरियलकी अभिनेत्री तथा काठे लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निस्ठुरीको फोटोजस्ता करिब दुई दर्जन म्युजिक भिडियोकी मोडल निशाको सानैदेखि कलाकारितामार्फत नाम कमाउने सोच थियो।

कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रेसपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्ष भैसक्यो ।

हिजो बिहीबार बिहान उनको उद्धार गरिएको हो । उनलाई लिन नर्भिक अस्पतालको एम्बूलेन्स गएको थियो । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ ।

शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । पुरानै अवस्थामा फर्किन नसकेपनी आफैं हिँडडूल गर्नसक्ने, आफैं खानसक्ने र केही बोल्नसक्नेसम्म हुने चिकित्सकहरुले अपेक्षा गरेका छन् ।


Last Updated on: June 12th, 2021 at 12:25 am
४४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया