सोमबार ०६ बैशाख २०७८

यी नै हुन् भाग्यमानी नेपाली दुबईबाट ७ सय दिर्हाम नेपाल पठाउदा लक्की ड्र मार्फत १ किलो सुन पाउने नरेन्द्र !

यूएई । रोजगारीका लागि यूएईमा रहेका इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल मगरले उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । युएईको रेमिट्यान्स कम्पनी अहालिया एक्सचेञ्जले मगरलाई १ किलो सुन हस्तान्तरण गरेको छ । मनी एक्सचेन्जबाट पैसा पठाउँदा एकजना नेपालीले एक किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेन्ज मार्फत पैसा पठाउँदा इलाम ४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको छ । ‘गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तर्गत पैसा पठाउनेमध्ये एक जनालाई मेघा ड्र मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको थियो ।

आइतबार भएको ड्र मा २ वर्षदेखि युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको रुपमा कार्यरत नरेन्द्रलाई उपहार परेको एक्सचेञ्जका अपरेसन हेड कमल सुब्बाले उज्यालोलाई जानकारी दिनुभयो । आबुधाबीको इलेक्ट्रा शाखामा स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितिमा कम्प्युटर प्रणाली मार्फत लक्की ड्र गरिएको थियो । नरेन्द्रले गएको १२ जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट ७ सय दिर्हाम नेपाल पठाएकाे एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताउनुभयो ।

उपहार पाएको सुन नेपाल कसरी लैजाने ?
लक्की ड्रमा परेको सुन नरेन्द्रलाई नेपाल लैजान भने समस्या हुन्छ । किनभने विदेशबाट ५० ग्राम भन्दा धेरै सुन नेपाल लैजान पाइन्न । तर एक्सचेन्जले सुनको सट्टा पैसा दिने व्यवस्था गरेको छ । लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद प्रदान गरिने छ । आइतबारको बजार भाउ अनुसार नरेन्द्रले एक लाख ५० हजार २५० दिर्हाम अथवा ४४ लाख ७८ हजार ९५२ रुपैयाँ पाउनुहुन्छ । नरेन्द्रले पाउने रकममा कर लाग्दैन । एक्सचेन्ज कम्पनीले नै बेहोर्छ ।

नरेन्द्रसँग सम्पर्क नहुँदा खुशी साट्न ढिला : एक्सचेन्ज
लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन । ‘नेपाल पैसा पठाउँदा एक्सचेन्जलाई दिएको नरेन्द्रको नम्बरमा फोन गर्दा उहासँग सम्पर्क हुन सकेन, हामीले नेपालमा आफन्तसँग सम्पर्क गरिरहेका छौं,’ एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधव ढकालले भन्नुभयो । ‘नरेन्द्रसँग सम्पर्क गरेर खुशी बाँड्न आतुर छु,’ ढकालले भन्नुभयो ‘उनको इमिरेट्स आइडीको प्रतिलिपी एक्सचेन्जसँग छ, त्यसै आधारमा यहाँका सम्पर्क गरेर उपहार हस्तान्रण गर्नेछौं ।’

परिवारसँग खुशी साट्न चाहन्छु : नरेन्द्र
उपहारमा पाएको रकमले परिवारसँग खुशी साट्न चाहेको नरेन्द्रले उज्यालोसँग बताउनुभयो । ‘मसँग सम्पर्क हुन नसकेर परिवार सँग सम्पर्क गर्नुभएछ । ड्युटीमा भएकोले सम्पर्क हुन नसकेको हो,’ नरेन्द्रले भन्नुभयो । आफूले मेहनत गरेर दुई जना बहिनीलाई बिर्तामोडमा राखेर पढाइरहेको उहाँले बनाउनुभयो । ‘दाइ दसैँमा नेपाल आउने कुरा थियो, तर बिदा मात्रै आउने कि नफर्किने गरी आउने पक्का थिएन,’ नरेन्द्रकी बहिनी अनिसाले भन्नुभयो ‘दाइले उपहार पाएको कुरा सुनेपछि सबैजना खुशी छौं ।’

वैधानिक बाटो प्रयोग गर्दा फाइदा’
दुःख गरेर कमाएको पैसा वैधानिक बाटोबाट नेपाल पठाउँदा धेरैले फाइदा पाएका छन् । अहलिया एक्सचेन्जले यसअघि पनि धेरै पटक राखेको अफरमा नेपालीले उपहार पाएका छन् । सन् २०१३ मा स्किममा अर्का नेपाली रामबहादुर कटुवालले एक लाख दिर्हाम उपहार पाउनु भएको थियो । गएको फागुनमा स्याङ्जाका छविलाल दर्जीले ४० हजार दिर्हाम पाउनु भएको सेन्चुरी रेमिटका युएई प्रमुख प्रकाश पौडेलले बताउनुभयो । २०१८ लक्की ड्र मार्फत एक किलो सुन विजेता नरेन्द्र मगर”

यो पनि पढ्नुहोस

एक्लो जीवन रोमाञ्चक हुन्छ कि वैवाहिक जीवन ?

जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त रु दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन ।

कतिपय यस्ता हुन्छन्, जो विवाहलाई अनिवार्य ठान्दैनन् । उनीहरु विवाह नगरी एक्लो जीवन विताउनमै कल्याण मान्छन् । अहिले त केसम्म हुन्छ भने, कुनै पुरुष वा महिलाबाट सन्तान जन्माउने र अविवाहित आमा वा बुवाको रुपमा जीवन विताउने ।

विवाह गर्नैपर्छ त

न त विवाह हाम्रो परम्परा हो । संस्कृति हो । प्रकृतिले पनि दुई विपरित लिं’गीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पितापूर्खाहरुले यसलाई निरन्तरता दिदै आए ।

पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो, जसले वंश परम्परालाई निरन्तरता दिन्छ । पूर्विय संस्कारमा जीवनको विभिन्न संस्कार उल्लेख गरिएको छ । त्यसमध्ये एउटा संस्कार विवाह पनि हो । विवाहपछि मानिसहरु गृहस्थी जीवनमा प्रवेश गर्छन् । गृहस्थी जीवन भनेको दाम्पत्य एवं पारिवारिक संरचनाको निर्माण गर्नु पनि हो ।

त्यसो भए विवाह गर्नैपर्छ त

यसमा मत विभाजित छ । विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौ न बाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो ।

विवाह बन्धन कि बाध्यता

हुन त विवाहलाई हामी ‘वन्धन’ पनि भन्छौं । अर्थात ‘विवाह वन्धन’ । उन्मुक्त जीवन विताउन चाहनेहरुका लागि यस्तो वन्धन स्विकार्य हुँदैन । उनीहरु विवाह गर्ने, पति वा पत्नीसँग आफुलाई समायोजन गर्ने, बालबच्चा जन्माउने, हुर्काउने, घर व्य वहार चलाउने कुरालाई झन्झट ठान्छन् । र, अनावश्यक पनि । जीवनलाई मस्त भो ग गर्नका लागि उनीहरु विवाह नगरी बस्न रुचाउँछन् ।

हामी भन्छौं पनि ‘विवाह एक सम्झौता हो ।’ यसमा आफुले चाहेजस्तो, आफुले खोजेजस्तो सबै कुरा प्राप्त हुँदैन । फरक पृष्टभूमी, फरक सोंच र फरक प्रवृत्तिका दुई महिला र पुरुष जीवनभर एकाकार हुन वा समायोजन हुँदा उनीहरुले ‘मेरो गोरुको बाह्रै टक्का’ गर्न मिल्दैन पनि ।

यसको अर्थ के भने, विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति पति वा पत्नी को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ ।

गृहस्थी सुखको कुरा

तर, अर्काथरी जो विवाहलाई प्राकृतिक रीत ठान्छन् । उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् ।

विभिन्न अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । अनलाईन खबर बाट

४२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया