आइतबार १० आश्विन २०७८

जसको मुटु लिएर बाँचेका थिए उनकै आमालाई भेटन् गएको यो तस्बिरले संसारलाई रुवायो
December 21, 2020 174 1 minute read
एजेन्सी । आफुले जन्माएर हुर्काएको सन्तानको निधनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु र निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला रु प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको ।

बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् । अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् ्र

दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको म’रिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए ।

बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए । ४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।


Last Updated on: June 12th, 2021 at 12:35 am
१४२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया