शुक्रबार १९ जेठ २०८०

सुर्खेतमा, ज्ञानेन्द्र शाहीको टोलीमाथि कसले गर्‍यो आ-क्र’मण ?
June 12, 2021 47
17
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका ज्ञानेन्द्र शाहीको टोलीमाथि आ’क्र’म’ण भएको छ ।
राहत बाँड्न भन्दै सुर्खेतमा पुगेका ज्ञानेन्द्र शाहीमाथि शुक्रबार राति आ’क्र’म’ण भएको शाहीले जानकारी दिएका छन् ।

शाहीले राहत बाँडेर फर्कने क्रममा राति एक समूहबाट आ’क्र’म’ण’मा परेको बताएका छन् । आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खडका, लोक बहादुर रोकाय , शान्त शर्मा, सीता आचार्य, महेश बीसी खगेन्द्र बजगाई लगायतको टोलीमाथि आ’क्र’म’ण भएको जानकारी दिएका छन् ।

शाहीको टोलीमाथि आ’क्र’म’ण भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक बहादुर शाहीले पुष्टि गरे । शाहीका अनुसार शुक्रबार राति १० बजेतिर वीरेन्द्र नगरको करेखोलामा शाहीको टोलीमाथि आ’क्र’म’ण भएको थियो ।

मदिरा सेवन गरेको समूहले शाहीको टोलीमाथि आ’क्र’म’ण गरेको प्रहरी निरीक्षक शाहीले बताए । आक्रमणमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
शाहीले गम्भीर घाइते भएको भन्दै सामाजिक सञ्जालमार्फ प्रचार गरिएको, भए पनि उनी सामान्य घाइते रहेको प्रहरी निरीक्षक शाहीले बताए ।


Last Updated on: June 12th, 2021 at 11:59 am
३४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया