
काग्रेसले पायो पहिलो मुख्यमन्त्री: कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त
June 12, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । गण्डकी प्रदेशकी प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को (५) अनुसार बहुमतको दाबी गरेका नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपाली पोखरेलले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी ३१ जना नै सशरीर प्रदेश प्रमुखकहाँ पुगेका थिए।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिए भने ३० जना विपक्षी उभिए। १ जना तटस्थ रहे। १ जना उपस्थितै भएनन्।
सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा बिहिबार फेरी नर्भिक अस्पताल भर्ना
सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा बिहिबार फेरी नर्भिक अस्पताल भर्ना
FacebookTwitterPrintEmailMore
काठमाडौं– मोडल निशा घिमिरे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छिन् । गत वर्ष भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशाको लामो समय काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको र अहिले फेरी नर्भिकमा उपचार सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएसँगै भारतमा र काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गरिएको र त्यसको केही समयपछि घरमा नै राखेर रेखदेख गरिएको निशाका बुवा राजु घिमिरे जानकारी दिए ।
निशालाई पछिल्लो केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएसँगै फेरी अस्पताल भर्ना गनुपरेको बताइएको छ । बिहिबारबाट उनको उपचार नर्भिकमा सुरु भएसँगै परिवारका सदस्यहरुले निशालाको स्वास्थ्यमा छिट्टै सुधार आउनेमा आशावादी छन् ।बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनी घरकी कान्छी छोरी हुन् । उनले तीन दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।