
एकैदिन शनिवार २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने दोब्बर
June 12, 2021 11
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन। संक्रमित हुने भन्दा निको हुनेको संख्या अत्याधिक छ । यो भने एक सुखद् पक्ष हो । मृत्यु हुनेको संख्या पनि एक सय भन्दा तलको संख्यामा आएको छ ।
स्वास्थ मन्त्रालयका अनुसार १४ हजार ४९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित देखिएका हुन्। तीमध्ये नौ हजार ५९८ पिसिआर बिधिबाट र पाँच हजार ५८४ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो।
२४ घण्टामा संक्रमितको तुलनामा दोब्बर संख्यामा निको भएका छन्। निको हुनेको संख्या ६ हजार २९५ रहेको छ। यस्तै काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ गरी उपत्यकामा ५९८ जना संक्रमित भएका छन्।
नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६७ जनाको मृत्यु भएको छ। यो विवरणसहित हालसम्म कूल आठ हजार ३०५ जनाको कोरोनाका कारण दुःखद निधन भएको छ।
मन्त्रालयका अनुसार कूल छ लाख चार हजार ३९६ जनाको कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पाँच लाख २० हजार ८१६ जना निको भएका छन। निको हुने दर ८६।२ प्रतिशत रहेको छ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय सङ्क्रमितको संख्या १० हजार ५१ जना रहेको छ। कूल एक लाख ८६ हजार २०३ निको भएका छन् भने एक हजार ७५० जनाको निधन भएको छ।
भक्तपुरमा दुई हजार ९४६ जना सक्रिय सङ्क्रमित रहेकामा १८ हजार ४२ निको भएका छन्। यस्तै, ३४९ को मृत्यु भएको छ। ललितपुरमा कूल तीन हजार ९९४ जना सक्रिय संक्रमित रहेकामा ३१ हजार ३१२ जना निको भएका छन्