आइतबार ०७ आश्विन २०८०

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

यसै बीच सेजालाको ठुलो बुबा घटना सम्बन्धि खुलासा गर्न मिडियामा आएका छन।

हेर्नुहोस् भिडियो: भिडियो यहाबाट हेर्नुहोस ।


Last Updated on: June 12th, 2021 at 7:03 pm
४५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया