बुधबार २४ जेठ २०८०

बेंसीसहर। लमजुङको सुन्दरवजार–४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को आफ्नै भ’तिज र भा’न्जाले जी’वन रि’त्याए ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

त्यसको कारण झनै अनौठो छ । ज्या’नसम्बन्धि उद्योगको आ’रोपी मृ’तक भुजेलका भतिज २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले प’क्राउ गरेर घ’टना सार्वजनिक गरेको हो। घ’टना भएको ३६ घण्टामा प्रहरीले उनीहरुलाई ‘प’क्राउ गर्न सफल भएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाका अनुसार मृ’तक महिला र घटनामा संलग्न सागरबीच केही महिनादेखि अ’नैतिक स’म्बन्ध रहेको रहस्य खुलेको छ।

उनीहरुबीच स’म्बन्ध रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा हल्ला चलेपछि सागरले घटनाको योजना बनाएका थिए। सागरले आफ्ना मिल्ने साथी विकास भुजेलको सहारा लिएर महिलामाथी ज्या’नसम्बन्धि उद्योग गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

एक रातभर योजना बुनेका सागर र विकासले भोलिपल्ट बिहानै मृ’तकका श्रीमान् काममा बाहिर निस्किएको मौका छोपेर घ’टना घ’टाएका थिए।

मृ’तक धनमायाका श्रीमान ध्रुव भुजेल छिमेकीको गाई फार्ममा काम गर्ने गर्दथे। सो दिन बिहानै उनी गाई फार्ममा काम गर्न गएका थिए।

उनी गाई फार्ममा काम गर्न गए÷नगएको स्वयम् धनमायालाई फोन गरि निश्चित गरेर अभियुक्त घरमा पुगेका थिए। ‘श्रीमान काम गर्न गए÷नगएको धनमायालाई फोनबाट निश्चित गरि घरमा आएको देखिन्छ।

अभियुक्तले धनमायाबाहेक गाई फार्ममा काम गर्ने अर्को व्यक्तिलाई पनि फोन गरेका छन्’, डीएसपी थापाले भने, ‘फोनबाट धनमाया एक्लै भएको निश्चित भएपछि अभियुक्तहरु आएर घ’टना गराएका छन्।’

डीएसपी थापाका अनुसार अ’भियुक्तद्वयले धनमायालाई सलको साहारामा पिँढीमा रहेको जाँतो प्रयोग गरेर घटना गराएका थिए। मृ’तक धनमायाँको मृ’त शरीरलाई त्यसपछि बारीमा रहेको गोबर ग्याँसको सेफ्टी ट्याँङ्कीमा छोडेर हिँडेका थिए।

प्रहरीका अनुसार अभियुक्त सागरलाई पोखरा र विकासलाई नीजकै घरबाट प’क्राउ गरिएको हो। सागर सशस्त्र प्रहरीमा भर्ना हुनका लागि परीक्षा दिन पोखरा गएका थिए। प्रहरी नि’यन्त्रणमा रहेका दुवैजनालाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा मु’द्धा चलाइएको डीएसपी थापाले बताए। दुवैजनाले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ।

घ’टना भएको दिन बिहानै मृ’तकको घरमा पुगेका आफन्तले पिढी र आगनमा घ’टनाका प्रमाणहरु देखेपछि पच्छाउदै जाँदा सेफ्टी ट्याँकीमा धनमाया मृ’त अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए।

घ’टनाको अनुसन्धानमा डीएसपी थापाको टोली र प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुरको समेत सहायता लिइएको थियो।

चितवन माइती रहेकी धनमाया ६ वर्षअघि ध्रुव भुजेलसँग विवाह गरेर दुराडाँडा आएकी थिइन्।


Last Updated on: June 12th, 2021 at 7:20 pm
५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया