
वि.सं.२०७८ साल जेठ ३० गते आईतबार । ईश्वी सन् २०२१ जुन १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि–तृतीया, ३५ घडी ४५ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– पुनर्वशु ,३१ घडी ०० पला,बेलुकी ०५ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग– वृद्धि,०९ घडी १० पला, बिहान ०८ बजेर ५० मिनेट उप्रान्त ध्रुव । करण– तैतिल,बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मिथुन,बिहान ११ बजेर १३ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३३ घडी ३२ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ते हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ । बिहानको समय मध्ययम रहेकोले फलाम तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मनपरेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
०००
साप्ताहिक राशिफल हेर्नुहोस : जेठ २३ गते आईतबारदेखी जेठ २९ गते शनिबार सम्मको
मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)
प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने ब्यापार ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बुधबार र बिहिबार बैदैशिक यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशि सामानको ब्यापार ब्याबसाय फस्टाएर जानेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । शुक्रबार तथा शनिबार राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाज बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ भने तपाईको सरल जिवन शैलि देखि आफन्त,साथिभाई तथा छिमेकिहरु मेहित हुनेछन् । मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने पढाई लेखाईमा भनेजस्तो सुधार हुनेछ ।
बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा)
उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत, प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । ब्यापार ब्याबसायमा लगानि बढाएर आम्दानिका स्रोत बढाउँन सकिनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोगबाट आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ भने तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित ब्याबसायमा लगानी बढाउँदा प्रशस्त नाफा कमाउन सकिनेछ भने गैर सरकारि सस्थामा सहभागि हुनुहुन्छ भने प्रशस्त आम्दानि हँुनेछ ।
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)
प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृदि भएर जानेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे नाफा कमाउन सकिनेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा अलि बडि चासो बढ्नेछ । भाग्यले साथ दिने हुनालेब्यापार ब्याबसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ । मंगलबार बेलुकाबाट नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ भने कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ । तपाईको काम देखि सबै प्रभावित हुनेछन् । माया प्रेममा सामिप्यता बडेर जानुको साथै बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ । शुक्रबार शनिबार सयम तपाईको पक्षमा नहुन सक्छ काममा तथा आय आम्दानि हुने ठाउँमा सत्रुका आँखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ ।
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)
बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । साथिभाई सँगको रमाईलो भेटघाटले समय रङगीन बन्नेछ । आकस्मिक धन तथा सम्पति लाभ हुन सक्छ भने ब्यापार ब्याबसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको सामना गर्न सहज हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । शुक्रबार शनिबार समय परिवर्तन हुनेछ भने समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुनालेसमयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनालेतपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् ।
सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)
साझेदारि ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बैवाहिक तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । मंगलबार,बुधबार समय उत्तम नरहेकोले आर्थिक ब्याबस्थापनको अभावले ब्यापार ब्याबसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । साताको अन्तिम दिन शुक्रबार धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ भने लामो दुरिको धार्मिक तथा तिर्थस्थलको यात्रा तय हुनेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेटघाटले नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । मंगलबार बेलुकिबाट समय परिवर्तन भई तपाईको पक्षमा नहुन सक्छ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने कामको चाप अत्याधिक बढ्ने हुनालेसमयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हुनेछ । साझेदारि ब्याबसायमा साझेदारहरु बिच आर्थिक बिषयमा मनमुटाब बढ्नेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ । कार्यक्षेत्रमा प्रसस्त समय दियपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला । बैकिङ क्षेत्र तथा शेयर बजारमा गरेको लगानि भने फस्टाएर जानेछ ।
तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,त)
पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ । शुक्रबार तथा शनिबार समय तपाईको पक्षमा नहुन हुनालेसाझेदारि ब्यापार ब्याबसायमा लगानि नगर्नुहोला साझेदारहरु बिच सैद्धान्तिक बिषयमा मतभेद बढ्नेछ । आफन्त तथा परिवारका सदस्यहरुबाट नै तपाईले प्रस्तुत गर्नुभएको योजनाको आलोचना हुनेछ । यात्रागर्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ ।
बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)
कृषि तथा पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ भने चाहना तथा आवस्यक्ताहरु पुरा भएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । मंगलबार बेलुकाबाट समय तपाईको पक्षमा नहुने हुनालेसाना तिना कामका अल्झनु पर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने तथा दैनिक काम गर्न गाह्रो पर्नेछ । कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी ब्यापार ब्याबसायमा घाटा लाग्ने योग रहेको छ । निति नियम तथा कानुन नमान्दा प्रशासनिक फन्दामा पर्न सकिन्छ ध्यान दिनु होला । आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछन् ।
धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)
छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । बुधबार तथा बिहिबार समय परिवर्तन भई आमा तथा आमासरहका मानिससँग छुट्टियर कहि कतै जानु पर्दा मन खिन्न हुनेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । शुक्रबार तथा शनिबार समय तपाईकै अनुकुलमा हुने हुनालेपरिवार आफन्त तथा साधिभाईहरुको सहयोग हुने हुनालेसफलताका सिडिहरु चढ्न सहज हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर दुर्गम क्षेत्रका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬)
तयारि बिनानै गरिने प्रस्तुतिले कार्य क्षेत्रमा तपाईको खरो आलोचन हुने हुनाले अध्ययन बढाउन जरुरि देखिन्छ । ब्यापार ब्याबसायमा प्रशस्त समय खर्चदा पनि सोचेजस्तो नाफाँ कमाउँन मुस्किल पर्नेछ । आफन्तजन तथा कुटुम्बहरु तपाईको स्वार्थि ब्याबहारले टाडिन सक्छन् । पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै मेहनेत गर्नुपर्नेछ । मंगलबार बेलुकिबाट समय परिवर्तन भई वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् । लेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउँन सकिनेछ । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छर छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । पदिय दायित्व बढ्ने तथा निर्णय क्षमतामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिद्याा तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई चुनौति दिदै आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । आमा तथा आमा सरहका मानिसबाट आर्थिक सहयोग हुनेछ ।
कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)
अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा लगानि बढाई प्रशस्त आम्दानि बढाउँन सकिनेछ । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । मंगलबार बेलुकिबाट खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका कदममा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
साता उत्तम रहेको छ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु बन्नेछन् भने लामो दुरिको बैदैशिक यात्राको तय हुन सक्छ । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा ब्याबसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ भने पारिवारिक माहोलमा जमघट हुने अवसर प्राप्त हुनेछ ।
तपाईको दिन शुभ रहोस ।