आइतबार १४ जेठ २०८०

काठमाण्डौ

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ’क्र’म’ण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ’क्र’म’ण भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ’क्र’म’णमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आ’क्र’म’ण भन्दा पनि दुई समूहबीच झ’ड’प भएको हो

प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आ’क्र’म’णबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ ।

टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ ।शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ’क्र’म’ण भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**


Last Updated on: June 13th, 2021 at 1:46 am
३३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया