
यी पाँच समयमा पैसाको लेनदेन नगरेकै राम्रो, गर्दा हुन सक्छ डुब्ने खतरा !
May 30, 2021 146
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
ज्योतिषशास्त्रमा मुहूर्तको धेरै महत्त्व छ। जन्मदेखि मृत्युसम्म नेपाली धार्मिक समाजमा मुहूर्तको पालना गरिन्छ। ज्योतिषशास्त्रमा, कुन मिति, कुन नक्षत्रलाई कुन कामको लागि अनुकूल वा प्रतिकूल मानिन्छ भन्ने कुरा विस्तृत रूपमा वर्णन गरिएको छ। आउनुहोस् यो कुरा जान्नुहोस् कि कुन मुहूर्तमा पैसा सम्बन्धि लेनदेन गर्दा नोक्सान हुनसक्छ त ?
१.बार
मंगलबार, शनिबार र आइतबार कहिल्यै पनि ऋण नलिएकै राम्रो हुन्छ। त्यस्तै, बुधबार कसैलाई पनि पैसा सापटी तथा कुनै प्रकारको ऋण नदिनुहोला । यस दिन दिएको ऋण डुब्न पनि सक्छ।
२.योग
वृद्धि योग, द्विपुष्कर योग, त्रिपुष्कर योगमा गरेको पैसाको लेनदेन कहिले पनि चुक्ता हुँदैन । त्यसैले यी योगमा कुनै पनि कारोबार नगरेकै राम्रो हुन्छ ।
३.नक्षत्र
हस्त नक्षत्रमा लिएको ऋण कहिल्यै चुक्ता हुँदैन । त्यसैले हस्त नक्षत्रमा भुलेर पनि ऋण नलिनुहोस् , तर यस नक्षत्रमा ऋण चुक्ता गर्न सक्यो भने समृद्धि र भाग्यको फल राम्रो मिल्छ । मूल, आद्रा, ज्येष्ठा, विशाखा, कृतिका, ध्रुव संज्ञक नक्षत्र अर्थात् उत्तरा फाल्गुनी, उत्तराशाह र उत्तराभद्रपद र रोहिणी आदि नक्षत्रको प्रयोग गर्नु हुँदैन।
४.लग्न
चर लग्नमा कहिल्यै पानि ऋण दिनु हुँदैन,अन्यथा यो फिर्ता हुने छैन । चर लग्नेमा पाँचौं र नवौं स्थानमा कुनै शुभ ग्रह र आठौं स्थानमा कुनै ग्रह हुनु हुँदैन, अन्यथा ऋण माथि ऋण बढ्दै जान्छ ।