आइतबार १४ जेठ २०८०

चार जिल्लामा आजदेखि र ६१ जिल्लामा भोलिदेखि निषेधाज्ञा सकिँदै र फेरी यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी
June 13, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाण्डौ । ६१ जिल्लामा भोलिदेखि र चारवटा जिल्लामा आजदेखि निषेधाज्ञा सकिँदैछ । यी जिल्लामा निषेधाज्ञा थप्ने तयारी छ । यसअघि निषेधाज्ञाको अवधि सकिएका ९ जिल्लाले निषेधाज्ञा थपिसकेका छन् । सप्तरीमा भने अर्को निर्णय नभएसम्मका लागि आंशिक निषेधाज्ञा लगाइएको छ ।

सप्तरी, ताप्लेजुङ र मुस्ताङमा आंशिक र बाँकी ७२ वटा जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा छ । दाङमा आउँदो असार १ गतेसम्म, हुम्ला, रामेछाप र सल्यानमा असार २ गतेसम्म, भोजपुर, धनकुटा र चितवनमा असार ३ सम्म, गोरखामा असार ५ सम्म र उदयपुरमा असार ७ गतेसम्म निषेधाज्ञा छ । कोरोना सङ्क्रमणको जोखिम कम रहेका कारण अहिलेसम्म खोटाङ र मनाङ जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन ।

पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाण्डौ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित भए जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार छ ।

त्यस्तै, पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ ।


Last Updated on: June 13th, 2021 at 11:46 am
४०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया