मंगलबार २३ जेठ २०८०

विद्यालयहरुलाई जेठ महिनाको शुल्क नलिन निर्देशन
June 13, 2021 35
11
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्सा र वीरगञ्ज महानगर कमिटिको बैठकले जेठ महिनाको विद्यालय शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको प्याब्सन पर्सा र वीरगञ्ज महानगर कमिटिको संयुक्त बैठकले पर्सामा जारी निषेधाज्ञाका कारण विद्यालय सञ्चालन नहुँदा जेठ महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा बैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेको छ ।

निषेधाज्ञा लाग्नु पूर्वसम्म विद्यालयहरुमा नियमित पठन-पाठन भएको थियो । बैठकले पूर्णरुपमा बन्द तथा कुनै पनि माध्यमबाट कक्षा सञ्चालन नगरी पठनपाठन नगराएका विद्यालयहरुलाई जेठ महिना भरी शुल्क नलिन निर्देशन समेत गरिसकेको प्याब्सनले जनाएको छ ।

तर दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले विद्यालय लगायात सम्पूर्ण क्षेत्र बन्द गर्‍यो ।अहिले महामारी नियन्त्रण भएसँगै को’रोना सङ्क्रमणको दरसमेत घट्न थालेपछि वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले असार महिनादेखि विद्यालय खोल्न निर्देशन दिएको छ ।

हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई अभिनेत्री करिष्मा मानन्धरले “कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ उनकाे बुबा प्रेमप्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग प्रदान गरेकी छन्।

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाद्वारा जारी प्रेस नोटमा अभिनेत्री निशाका बुबालाई २५ हजार नगद सहयोग प्रदान गरेको उल्लेख गरिएको छ।

नेपाल चलचित्र कलाकार संघको समन्वयमा जेष्ठ २९ गते संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रबक्ता तथा उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार, बरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानीय बासिन्दा रत्न तामांगको उपस्थितिमा अभिनेत्री मानन्धरले उक्त सहयोग रकम प्रदान गरेकी थिइन्।

यसैगरी बरिष्ठ उपाध्यक्ष उप्रेतीले आफ्नो तर्फबाट दश हजार रुपैयाँ, हाल अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार रुपैयाँ र अमेरिकामा रहेका प्रकाश थापाले पठाएको दश हजार रुपैयाँ अभिनेत्री उप्रेतीले अभिनेत्री निशाका पिता घिमिरेलाई प्रदान गरिन्।

कलाकारको अवस्थालाई मनन गरेर निःशुल्क उपचारको व्यवस्था गरिदिएकोमा नर्भिक अस्पताल बिशेष गरी साहित्यकार, समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

‘संघ सदैव कलाकारको साथमा छ र हुन्छ पनि । संघका अध्यक्ष रवीन्द्र खडकाको नेतृत्वमा सहयोग अभियान संचालन गरिएको पनि हामी जानकारी गराउँदछौं,’ संघद्वारा जारी प्रेसनोटमा भनिएको छ, ‘सबैको साथ सहयोग र शुभेच्छाले अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आउने छ भन्ने हामीले विश्वास लिएका छौं।’


Last Updated on: June 13th, 2021 at 4:30 pm
३७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया