
पाँचथरमा ८० बर्षीय बृद्ध लाहुरेको सुतेकै ठाँउमा ह’त्या थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाईयो
June 13, 2021 14
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पाँचथरको फिदिम नगरपालिका ४ का ८० बर्षीय एक बृद्धको ह’त्या भएको छ । जोरसाल बजार नजिकैको कुमालटारमा बसोबास गर्दै आएका टेक बहादुर इङ्वाको गएराती धारिलो हतियार प्रयोग गरी ह’त्या भएको हो ।
उनको टाउको र शरिरमा गम्भिर चोट देखिएको छ । उक्त घरमा टेककबहादुर र उनकी ८४ बर्षीया श्रीमती कालिमाया मात्रै बस्ने गर्थे । टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन् ।
आइतबार बिहान बाबु आमालाई भेट्न भनेर आउँदा बाबुको ह’त्या भएको थाहा पाएको कान्छि बुहारी रिता इङ्वाले जानकरी दिइन् । टेकबाहादुरका दुई छोरा र तीन छोरी छन् । छोराबुहारी फिदिम २ मा बस्दै आएका छन् । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन
भोलि सकिँदै निषेधाज्ञा : फेरि १५ दिन थप्ने निर्णय
काठमाडौं ।गत वैशाख १६ देखि निषेधाज्ञा लागू काठमाडौं उपत्यकामा यसको अवधि अरू १५ दिनसम्म बढाउने तयारी गरिएको छ। यसबारे निचोडमा पुग्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ। जारी निषेधाज्ञा सात देखि १५ दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको प्रजिअ भट्टराईले बताए । भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो । आज दिउँसो बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ । **अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**