आइतबार १४ आश्विन २०८०

भिडियो समाचारको अन्त्यमा राखिएको छ कृपया यो पनि पुरा हेरिदिनुस

काठमाडौं आउँदै गरेका प्रकाश को घटनास्थलमै ज्यान गयो
June 13, 2021 130
धादिङ । धादिङको गजुरीमा बिहीबार काठमाडौंतर्फ आउँदै गरेको बा४च २७९ नम्बरको मारुती अटो कारलाई काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा३ख ७३९३ नम्बरको टिपरले ठक्कर दियो । ठक्कर पछि ३३ वर्षीय चालक प्रकाश अधिकारीको घटनास्थलमै ज्यान गयो ।

आफन्तका अनुसार टिपरले गलत लेन दायाँतर्फ ओभरटेक गरेर कारलाई ठक्कर दिएको थियो । तर घटनापछि मुचुल्का गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले कारकै गल्ती देखाएर मुचुल्का बनाएपछि आफन्तले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

टिपरको ठक्करले चालक बस्ने सिट र ढोकातर्फको पुरै भाग छियाछिया भएको छ । मृतकका दाइ किशोर अधिकारीका अनुसार टिपरचालक, टिपरधनी र यातायात व्यवसायी धादिङकै भएकाले प्रहरीसँगै मिलेमतो गरी मुचुल्का बनाएका छन् ।

जसले पीडित पक्षले क्षतिपूर्ति तथा न्याय पाउन सकेका छैनन् । ‘म पनि गाडी चलाउँछु तर प्रहरीले गलत मुचुल्का बनाएको छ,’ उनले भने, ‘घटनास्थल हामीले पनि अवलोकन गरेका छौं, प्रहरीले गलत मुचुल्का उठाएको छ ।’

उनका अनुसार मृतक कार चालकका २ जना नाबालक छोरा छन् । अभिभावक नै गुमिसकेकाले उनीहरूलाई हुर्काउन तथा पढाउन आर्थिक समस्या देखिने भएपछि पीडित पक्षले क्षतिपूर्ति माग गरेका छन् ।

उनीहरूले ३० लाख रुपैयाँ दिन आग्रह गरेका छन् । तर यसबारे टिपरचालक, प्रहरी, टिपर धनीले बेवास्ता गरेको मृतकका दाइ अधिकारीले बताए ।


Last Updated on: June 14th, 2021 at 2:00 am
५७६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया