
नेपाली चलचित्र ‘हिरोइन्’बाट रजतपटमा प्रवेश गर्दै गर्दा नायिका रेखा थापाले जर्बजस्त स्टारडम बनाउँछिन् भन्ने कमैले सोचेका पनि थिएन ।
नायिका रेखा थापाको स्टारडम चलचित्र क्षेत्रमा यसरी लोभलाग्दो तरिकाले अगाडि बढेकाे थियााे कि नेपाली चलचित्रमा नायिकाहरुको स्टारपावर पनि निकै कमजोर पर्न जाने गर्दथ्याे ।
विशेषगरि, नायिकाहरु बढि चर्चामा रहेपनि चलचित्र चलाउनमै उनीहरुको हात भने निकै कम देखिन्थ्याे । रेखाले भने यो कुरा तोडेकी देखाएकी थिइन् । रेखा थापाका अधिकांश चलचित्रले बक्स अफिसमा तहल्का मच्चाएका गर्दथ्याे ।
निर्माता छविराज ओझाको ब्यानरका चलचित्र हुन् या रेखा आफैले निर्माण गरेका चलचित्र नै किन नहुन्, बक्स अफिसमा चम्किएका भने छन् । एक किसिमले भन्नु पर्दा रेखाको नाममा नै चलचित्र विक्दथ्याे ।
त्यसैले पनि रेखा थापाको लफडा त्यो बेलामा नाम चलेका नायक निखिल उप्रेती, विराज भट्टदेखि आर्यन सिग्देलसम्म पनि पुग्दथ्याे ।
रेखाको चलचित्रमा काम गरेका आर्यन सिग्देल, जीवन लुइटेल हुन् या विराज भट्ट नै किन नहुन्, सबै रेखाको अघि ओझेलमा नै पर्ने गर्दथे । चलचित्र क्षेत्रमा रेखाले खेलेको चलचित्रमा नायकको काम हुँदैन पनि भनिन्थ्यो । यसैले पनि रेखा थापाको लफडा त्यो बेलामा नाम चलेका नायक निखिल उप्रेती, विराज भट्टदेखि आर्यन सिग्देलसम्म पर्यो ।
रेखा थापाले नायिका निरुता सिंहको दबदबा तोडेकी थिइन् । निरुता सिंहको रोनाधोनामै दर्शक रमाएका थिए । तेतिबेला निरुता कै नाममा पनि चलचित्रले लोभलाग्दो व्यापार गर्ने गर्दथ्याे ।
निरुता सिंहले अभिनय गरेका थुप्रै चलचित्रले सय दिनको व्यापार गरेका छन् । निरुताले आफ्नो समयमा त्यो बेलामा चलेका नायकहरु बराबरको पारिश्रमिक लिने गर्दथिइन् ।
निरुता र रेखाअघि पनि थुप्रै नायिकाहरुले चलचित्र क्षेत्रमा क्रेज नबनाएका होइनन् । चलचित्र आफ्नै नाममा चलाउने हकमा भने धेरै नायिकाहरु सफल भएनन् ।
करिश्मा मानन्धर, विपना थापा, जल शाह, कृष्टी मैनाली, पूजा चन्द, झरना थापा लगायतका नायिकाको क्रेज पनि चलचित्र क्षेत्रमा नभएको भने होइन । रेखा थापापछि उदाएका नायिकामा प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, स्वस्तिमा खड्का लगायतका नायिका पर्छन् ।
अधिकांश नायिकाले आफ्नै नाममा चलचित्र चलाउने क्षमता भने राख्न सकेका छैनन् । प्रियंका कार्कीले करिब आधा दशक चलचित्र क्षेत्रमा नम्बर १ को स्थान जमाइन् । प्रियंकाको चर्चा जती चलचित्रको पर्दा बाहिर भयो, चलचित्रमा भएन ।
न त उनको कामको नै भयो, न त उनको स्टारडमको नै । प्रियंका चलचित्र क्षेत्रमा गसिप क्विन मात्र बनिन् । यसैले, उनको चर्चा जसरी चुलियो त्यसरी नै सेलाउँदै पनि छ ।
यसपछि, जन्मिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि स्टारडम धान्न मुश्किल परिरहेको छ । ‘ड्रिम्स र ए मेरो हजुर २’ चलेपछि चम्किएकी साम्राज्ञी यसपछि भने निरन्तर ओरालो लागिरहेकी छिन् ।
नेपालमा यसैपनि नायिका केन्द्रित चलचित्र कम बन्छन् । यसमाथि, नायिकाहरु सामाजिक संजालमा हिट चलचित्रमा असफल हुँदा दर्शकको नजरमा पनि पर्न सकेका छैनन् । प्लस टू जेनेरेशनबाट अहिलेको यूवापुस्ता बाहिर जान सकेको छैन ।
निरुता सिंह, रेखा थापाको नाम गाउँका कुना–कुनामा अहिले पनि सुनिन्छन् । यसपछि उदाएका नायिकाहरु केही शहरका कुनामा मात्र सिमित छन् । त्यसैले अब निरूता र रेखा पछि को बन्ला त स्टार नायिका ? त्यो अब समयले नै बताउनेछ ?