बिहिबार १४ मंसिर २०८०

काठमाण्डौ

मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । गत वर्ष भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल घिमिरेलाई बिहिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ ।

यस्तै मोडल घिमिरेको उपचारको लागि अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिरेको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । मोडल घिमिरेको उपचारको लागि करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् ।

यस्तै मोडल घिमिरेको उपचारको लागि चलचित्र कल्याणकारी कोषले ५१ हजार रुपैयाँ सहयोग गरेको छ । भारतमा दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनको लामो समय काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । गत विहिबार पुन उनलाई नर्भिकमा भर्ना गरी उपचार सुरु गरिएको हो । निशाले फिल्म ‘मधेशीपुत्र २’ अभिनय गरेकी छिन् । भने तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

यो पनिः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा उपचाररत कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका सदस्यहरु नर्भिक अस्पतालमा पुगी निशाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उनको परिवारलाई केही रकम प्रदान गरेका हुन् ।

“कलाकार निशा घिमिरेको स्वास्थ्य असाध्यै नाजुक रहेको कुरा जानकारी पाएलगत्तै हाम्रो संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल परिवार नर्भिक हस्पिटलमै उपस्थित भएर उहाँको परिवारलाई परेको आर्थिक भारमा केही हदसम्म भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले थोरै भए पनि सहयोग रकम हस्तान्तरण गरेका छौँ,” लोकगायक बद्री पंगेनीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले निशाको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन् । सहयोग रकम भने खुलाएका छैनन् ।

शनिबार मात्रै निशाको सहयोगमा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोष अगाडि आएको थियो । तीन वर्षअघि भारतको देहरादुनमा अभिनय सिक्न जानेक्रममा दुर्घटनामा परेकी निशाको अवस्था निकै नाजुक रहेको थियो ।भारतमै राखेर केही समय उपचार गराइयो । आर्थिक अभाव भएपछि उनलाई नेपाल ल्याएर घरमै राखिएको थियो ।

नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा गएको बिहीबारदेखि निशाको नर्भिकमा उपचार थालिएको हो । निशाको उपचार सम्भव रहेको चौधरीको भनाइ छ ।


Last Updated on: June 14th, 2021 at 10:51 am
४९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया