आइतबार ०७ आश्विन २०८०

हार्दिक बधाई! नेपाली चेली अंशु बेलायती सेनाको पहिलो क्याप्टेन बनिन्
June 14, 2021 23
नेपालीलाई विश्वभर ‘वीर गोर्खाली’ भनेर चिनिन्छ । विश्वसामु नेपाललाई चिनाउन गोर्खा सैनिकहरुको पनि ठूलो हात छ । गोर्खा सैनिककै कारण नेपालले फेरि अर्को रेकर्डमार्फत आफूलाई विश्वभर चिनाउने सौभाग्य पाएको छ । भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२२ भुम्दीकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् । हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।

६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकि कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । उनकी आमा भुम्दिकोट समाज यूके आमा समूहकी अध्यक्ष हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।

फेरि लागु हुने भयो यस्तो नियम, बिहान १० बजे
जेठ ३१ गतेदेखि जारी रहेको लकडाउन फेरि थपिने भएको छ । काठमाडौं उपत्यकामा सङक्रमण घ’टेपनि जोखिम अझै उच्च रहेको भन्दै लकडाउन लम्बिन सक्ने बताइएको छ ।काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको छ।

बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने बारेमा छलफल भैरहेको बताइएको छ ।
**अन्य समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**


Last Updated on: June 14th, 2021 at 10:56 am
३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया