आइतबार १४ जेठ २०८०

फागुन, विराटनगर । बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा फरार भएको आरोपमा…

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

काठमाडौं मा घटेका यी २ पढ्नै पर्ने घटनाहरू…
फागुन, विराटनगर । बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा फरार भएको आरोपमा कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।

इटहरीकी युवतीलाई ठगेर फरार भएका गुरुङलाई झापाकी महिला भेट्न जार्दै गर्दा इटहरीबाटै पक्राउ गरेको प्रहरीको दावी छ ।

कास्कीबाट गत माघ २५ गते आएका गुरुङ इटहरी उपमहानगरपालिका– ९ स्थित आरआर होटलमा दुई दिन बसेका थिए । त्यसपछि युवती नुहाउन वाथरुम गएका बेला माघ २७ गते सुनको झुम्का, ब्रास्लेट, सिक्री, नगद २७ हजार पाँचसय, सांग्रिला विकास बैंकको एटीएम र मोबाइल फोन लिएर भागेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

त्यसपछि गुरुङ सामाजिक सञ्जाल मार्फत नै चिनजान भएकी झापाकी महिलालाई भेट्न आउँदै गर्दा इटहरीबाट पक्राउ परेका हुन् । पक्राउ परेका गुरुङको साथबाट उजुरी गर्ने महिलाको बैंकको एटीएम कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।


Last Updated on: June 14th, 2021 at 11:06 am
५७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया