सोमबार १८ मंसिर २०८०

नेपाल भारत सिमानामा तार बार गर्ने प्रस्ताव! तपाईलाई कस्तो लाग्यो?
समाचार
June 13, 2021AdminLeave A CommentOn नेपाल भारत सिमानामा तार बार गर्ने प्रस्ताव! तपाईलाई कस्तो लाग्यो?
नेपाल भारत सिमानामा तार बार गर्ने प्रस्ताव आएको छ । यो प्रस्ताव सुदुरपश्चिम प्रदेशबाट आएको हो । त्यहाँ निर्वाचित एक सांसदले यस्तो प्रस्ताव गरेका हुन् । उनले प्रदेश सभामा बोल्दै उक्त प्रस्ताव राखेका हुन् । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तार बार गर्न माग गरेका थिए ।

प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको थियो । सोही क्रममा आइतबार धारणा राख्ने पालो ताराको थियो । उनले बोल्ने क्रममा सीमा नाकामा आइपर्ने समस्या सामाधान गर्ने विषय नसमेटिएको बताउँदै उनले तारबार लगाउनुपर्ने माग गरेका हुन् ।

संसदमा बोल्दै प्रदेश सभा सदस्य ताराले भने, ‘बेलौरीमा हुलाकी सडकको काम गर्दा भारतीय एसएसबी आएर ध म्क्या उ ने गरेको छ । कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन् । सबै ठाउँमा नसकेपनि सीमामा तारबार गर्नैपर्छ । राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम चाल्नैपर्छ । नीति तथा कार्यक्रममा समेटिएको देखेन । सरकारको ध्यान जाओस् ।’

उनले भारतसँग जोडिएको सीमा नाकामा तारबार नगरेमा भविष्यमा ठूलो समस्या सिर्जना हुने समेत बताएका छन् । भारतमा रोजगारीका लागि जाने नेपालीहरुलाई पनि व्यवस्थित गर्नुपर्ने माग उनको छ । तामाङले सरकारको नीति तथा कार्यक्रम पारित गर्न आफ्नो पार्टीले ह्वीप जारी गरेकाले सबै कुरा राम्रो रहेको भन्दै समर्थन जनाएका थिए ।


Last Updated on: June 14th, 2021 at 11:24 am
७०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया