मंगलबार १६ आश्विन २०८०

संक्रमणका कारण फेरी अस्ताए अर्का समाजवादी युवा नेता
June 14, 2021 5
संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो ।

संक्रमणमुक्त भएपछि पनि पोष्ट इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सुर्य राईले जानकारी दिए । तत्कालीन संघीय समाजवादी पार्टीका संस्थापक, जनता समाजवादीका वर्तमान केन्द्रीय सूचना, प्रचार–प्रसार तथा प्रकाशन विभाग सदस्य, केन्द्रीय निर्वाचन समिति सदस्य रहेका राई पेशाले आइटी इन्जिनियर थिए ।

किरात राई युवा संघको पूर्व केन्द्रीय अध्यक्ष राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीकातर्फबाट बराहपोखरी गाउँपालिका अध्यक्ष पदमा उठेका थिए । उनका श्रीमती र एक सन्तान छन् । उनको निधनमा जनता समाजवादी पार्टीले दुःख व्यक्त गरेको छ ।

काठमाडौको बौद्धमा केही दिन अघि फेला परेको शव युवतीको हुनसक्ने क्लु फेला परेको प्रहरीले जनाएको छ । गत साता काठमाडौंको बौद्धमा बोराभित्र भेटिएको मानिसको शरिरको अंश फरक फरक ठाउँमा फेला परेको थियो । प्रहरीले शवको एक अंशको पोष्टमार्टम गरेको थियो ।

अन्य पहिचानको लागि डिएनको लागि नमुना पठाइएको छ । पोष्टमार्टमवाट शव युवतीको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरीले वो’रामा फे’ला पारेको भनिएको खु’ट्टाको अं’शको पोष्टमार्टम सकेर काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रहरीलाई रिपोर्ट बुझाएको छ।

गत मंगलबार बिहान काठमाडौं महानगरपालिका(६ बौद्ध प्लानिङ क्षेत्रमा वोरामा मा’निसको श’रिरको केही अं’श फे’ला परेका थिए । एक महिलाले खु’ट्टा देखेर प्रहरीलाई खबर गरेकी थिइन् । त्यसको भोलीपल्ट शरिको अन्य भा’ग केही पर फेला परेको थियो । प्रहरीले अनुसन्धानमा कुकुरको समेत प्रयोग गरेर गहन विष्लेषण गर्दैछ ।

प्रारम्भिक अध्ययन अनुसार यकिनका साथ भन्न नसकिए पनि शव महिलाको हुनसक्ने अनुमान गरिएको बताइएको छ । महिलाको उमेर २० वर्षभन्दा माथिको हुनसक्ने पनि अनुमान गरिएको छ । फेला परेको खु’ट्टाको फे’फुला परिक्षण गर्दा २० वर्ष भन्दा माथि उमेर समुहको महिला भएको हुनसक्ने क्लु फेला परेको अध्ययनमा सं’लग्न चिकित्सकले बताएका छन् ।

बाँकी कुरा डिएनए परिक्षणवाट मात्र हुने पनि चिकित्सकको भनाई छ । अहिले यससम्बन्धी महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखा दुबैको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।


Last Updated on: June 14th, 2021 at 8:17 pm
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया